मङ्लबार, बैशाख २५, २०८१

सल्यानी युवा बगरमा देख्दैछन् विदेशका सपनाहरु

सल्यान । विदेशमा गएर पैशा कमाउने अनि सुखशान्तिले परिवारलाइ पाल्ने सपना वुनेका थिए छायाक्षेत्र ९ रानागाउका २८ वर्षिय लोकराज भण्डारीले । यहि सपना लिएर २०६३ सालमामा मलेशिया पुगे । मलेसिया पुगेर काम गरेपनि उनको मन भने स्वदेशी डाँडापाखाले दिनदिनै तानिरह्यो । आफु मात्र होइन राम्रो पैशा कमाएर परिवारलाई सुख दिने हजारौ युवाहरुले विदेशमा पाएको दुखले दिनदिनै उनलाई स्थिर वनाउदै लग्यो । आफनो देशको माटो, स्रोत साधन, जनशक्ति सवै एकैठाउमा भएको आफनो देशमा विदेशमा वगाएको जति पसिना पोखेर केहीगर्ने सोच वनाए उनले । विदाको दिन पारेर सवै साथीभाईलाई स्वदेशमै केही गर्नूृपर्ने विषयमा छलफल गरे । वेरोजगारी, अशिक्षा, गरिवी जस्ता डरलाग्दा विषयहरु वुझेका युवाहरुले नेपालमा केहीगर्न सकिन्छ भन्ने कुरा सुनेर पनि वुझनै चाहेनन् ।

lokraj 1तर पनि लोकराजको अथक प्रयासले र महत्वाकाक्षंी योजनाले आफनै जिल्लाकै आफुजस्तै मलेसियामा रहेका ११ जना युवाहरुको मनलाई परिवर्तन गरिदियो । कोरवाङ्ग झिम्पे ९ तारुपरेका शान्त कुमार पुन शिवरथ ३ का दिलवहादुर केसी सोही गाविस ४ का कलिराम घर्ति, स्यानीखाल ४ का पुर्ण वहादुर वुढाथोेकी, छायाक्षेत्र ३ का उपेन्द्र वुढाथोकी, छायाक्षेत्र ८ का भुपेन्द्र वोहरा, पोषण परियार र सुरेश कुमार डाँगी, लेखपोखराका शिवराज कवर, छायाक्षेत्र १ का छवि घर्ति र कजेरीका राजु वुढाथोकी मिलेर जिल्लामै व्यवसाय शुरु गर्ने महत्वपुर्ण निर्णय गरी लोकराजको योजनालाई साकार वनाउन साथ दिए ।
शुरुमा प्रत्येक महिनाको तलवबाट १ हजार ५ सयका दरले ७ जना युवाहरुले व्यवसाय सञ्चालन गर्नका लागि वचत गर्दैै गए । एकवर्ष सम्मको लगातार वचतले स्वदेशमै आएर केहीगर्ने खालको रकम जम्मा भयो । उनिहरुले गुगलमा गएर व्यवसाय सञ्चालन गर्नका लागि उपयुक्त ठाउको खोजी गर्न थाले । मलेसियामै वसेर छायाक्षेत्र ९ राणागाउ नजिकै खहरेखोलाको छेउमा रहेको वगरलाई व्यवसाय सञ्चालनका लागि छनौट गरे । यिनै युवाहरुले ५ लाख ५० हजार रुपैयामा १० रोपनी जग्गा समेत विदेशवबाटै रकम पठाएर खरिद गर्ने प्रक्रिया अगाडी वढाए ।
शुरुवाती दिनहरु उनिहरुका लागि ज्यादै चुनौतिपुर्ण भए । यो व्यवसाय शुरु गर्दा कसैले पनि साथ दिएनन् नत घरका मानिसहरुले नत समाजले । “विदेश गएर वहुलाएछन” अधिकाशंहरुको भनाई यहि रहेको थियो । तर पनि ६ गाविसका १२ जना युवाहरुको एउटै सपना थियो विदेशमा जस्तो आफनो देशमा केही गरेर अरुलाई पनि रोजगारी दिने । सवै युवाहरुको विदेशबाट आउने समय संगै नहुने भएकोले अगाडी आएकोले व्यवसाय सञ्चालनका लागि संरचनाहरु तयार गर्ने, विदेशमा रहेकाले आवश्यक पैशाको जोहो गर्ने सहमति भएर केही युवाहरु यहाँ आएर काम शुरु गरेका थिए । वरीपरी जंगल, खोलाको विचमा केही उव्जनी नहुने खेत खरिद गरेर कुखुरापालनका लागि ३ वटा खोर निर्माण गरी आफनो व्यवसायिकताको शुभारम्भ गरे । दैनिक १०० रुपैया ज्याला लिएर आफनै फर्ममा ६ जना युवा युवतिहरुले काम शुरु गरे । शुरुको वर्ष करिव १८ लाख रुपैया खर्च गरेर व्यवसाय शुरु गरेका युवाहरुले ६ महिनाको अवधिमा सवै खर्च कटाएर करिव ४ लाखको हाराहारीमा आम्दानी गर्न सफल भए । उत्पादन देखि वजारीकरणको सवै जिम्मा नमुना एकिकृत किृषि समुहको नामबाट हुन थाल्यो । छायाक्षेत्र ९ लान्तीमा २ वटा फ्रेस हाउस खोल्ने अनि आफनै फर्मबाट कुखुरा लिएर विक्रि गर्ने जस्ता क्रियाकलापहरु आफै गर्न थाले । lokraj bhandari
एक वर्षको समयपछि व्यवसायमा देखिएको परिवर्तनले उनिहरुलाई समेत वढि उत्साहित वनायो । नमुना एकिकृत कषि समुहले व्यवसायिक रुपमा वंगुरपालनको शुरुवात ग¥यो । करिव १०० वटा वंगुरपालालनका लागि खोर निर्माण गरी वंगुरपालन व्यवसाय शुरुवात गरे । “हामीले जिल्लामा वंगुरको मासुको आपुर्ति गर्ने तथा जिल्ला वाहिर समेत आपुर्ति गर्ने उद्देश्यका साथ वंगुरपालनको शुरुवात गरेका छौ ।” यसबाट हामीले मासु तथा पाठा उत्पादनका लागि भनेर अलग अलग वंगुरपालन गरेका छौं समुहका अध्यक्ष शान्त कुमार पुनले वताउनुभयो ।
अहिले फर्ममा व्यवसायिक वाख्रापालनको शुरुवात पनि गरिएको छ शुरुमा ३० वटा स्थानीय खरि जातका वाख्रा र उन्नतजातका २ वटा वोका राखेर समुहले व्यवसायिक वाख्रापालन गर्दै आइरहेको छ । तर वाख्रापालन शुरुगरेसंगै आफनै सामुदायिक वनका उपभोक्ताहरुलाई मन परेन । वाख्राका लागि आवश्यक घाँस र चरनका लागि सामुदायिक वनमा प्रवेश गर्न नदिने निर्णय गरेर उनिहरुलाई थप समस्यामा पारिदिए । पटक पटकको प्रयासले वार्षिक २० हजार रुपैया सामुदायिक वनलाई वुझाउने शर्तमा वाख्रालाई आवश्यक घाँस वनबाट ल्याउने सहमति भएको समुहका अध्यक्ष पुन वताउनुहुन्छ ।
एकिकृत रुपमा व्यवसाय सञ्चालन गर्ने , समुहको नाममा रहेको जग्गालाई विभिन्न क्षेत्रमा विभाजन गरेर कुखुरा पालन, वाख्रापालन, वंगुरपालन, माछापालनको शुरुवात गरिएको छ । समस्या र अप्ठेराहरुले मानिसलाई अझ जिम्मेवार र उत्तरदायी वनाउछ भन्ने कुरा यि ६ गाविसका युवाहरुले प्रमाणित गरिदिएका छन् । रातदिनको कठिन परिश्रमले युवाहरुलाई सफल व्यवसायी वनाउदै लगेको छ
वढ्दै छ लगानी
शुरुमा १८ लाखबाट शुरु गरिएको व्यवसायको लगानी अहिले वढेर ६५ लाख पुगिसकेको छ । पहिले पहिले विदेशमा रहेका साथीहरुले जम्मा भएको रकम परिचालन गर्दा पुगेको थियो तर अहिले भने समुहले ऋण लिएर लगानी गरेको छ । ३० लाखको हाराहारीमा ऋण रहेको छ समुहको तर पनि कसैमा निराशा पलाएको छैन । युवाहरुको यो योजनालाई अगाडी वढाउन सहयोग गर्नेहरु पनि रहेका छन् ।

lok लघु उद्यम विकास कार्यक्रमको सहयोगमा यस समुह र अन्य २ वटा समुहमा रहेका ३३ जना उद्यमीहरुलाई सहयोग पुग्ने गरी सुधारिएको घट्ट सहितको साझा सुविधा केन्द्र निर्माण गरिएको छ । समुह आफैले पनि १०० वटा वंगुरपालनहुने क्षमताको वंगुरको खोर निर्माण गरिएको छ । दाना भण्डारण गर्ने गरी १० हजार क्वीन्टल दाना भण्डारण गर्न सक्ने गरी भण्डारण घर निर्माण गरिएको छ । माछापालनका लागि घरेलु तथा साना उद्योग विकास समितिबाट पनि प्लास्टिक पोखरीका लागि सहयोग भएको छ । तर आर्थिक सहयोगले मात्र आफुहरुलाई नपुगेको समुहको भनाई छ । स्थानीयहरुको र सरोकारवालाहरुको सकारात्मक सोच र वुझाई मात्रै भएपनि व्यवसायमा छिटै सफलता पाइने उनिहरुको अनुभव रहेको छ । अहिले फर्ममा १० जनाले दैनिक १०० रुपैया लिएर काम गरिरहेका छन् । पारदर्शीताको कुरा पनि त्यतिकै वलियो वनाएका छन् । समुहले उत्पादन गरेको सवै हिसाव किताव वैंकबाट नै हुन्छ । खातामा नाम भएका व्यक्तिहरुले चेक राख्न पाउदैन । “आफनै फर्म भएकाले धेरै ज्याला लिएका छैनौ । कामगरेको दिन फोन खर्च भनेर १०० रुपैया लिने गर्छौ काम नभएको दिन त्यहि पनि लिदैनौ ।” समुहका सदस्य लोकराज भण्डारीले भने ।
अहिले आएर उनिहरुको यो व्यवसाय अन्य व्यवाय शुरुवात गर्नका लागि पनि प्रेरणाको स्रोत वन्न थालेको छ । उनिहरुकै सिको गरेर जिल्लाका अन्य भागहरुमा पनि सामुहिक तथा सहकारीको माध्यमबाट वंगुरपालन, तरकारी खेति जस्ता व्यवसायहरुको शुरुवात गरिएको छ । पहिले वहुलाए भनेर भन्ने स्थानीयहरु उनिहरुको काम देखेर लोभिएका छन् । रहरलाग्दो गरी एकिृकत रुपमा कुखुरा, वंगुर अनि वाख्रापालन देखेपछि स्थानीयहरुले राम्रै सोचेका रहेछन् भन्न थालेका छन् । दिनहु समुहका एकजना सदस्यको वाहिरबाट फर्म हेर्न आउनेलाई जानकारी गराउने काम मात्रै ठिक्क भएको छ । “सरकारी कार्यालयका प्रमुखहरु, प्राविधिकहरु देखि विद्यार्थीहरु सम्म फर्मलाई हेर्न आउछन् विहान देखि वेलुका सम्म उनिहरुलाई सवै देखाउनै ठिक्क भएको छ । समुहका सदस्य भण्डारीले भने ।
सफलहुदै व्यवसाय
एकिकृत रुपमा शुरुवात गरिएको व्यवसायबाट पुर्ण रुपमा उत्पादन दिने खालको भइसकेको छैन । तर सफल व्यवसाय हुनका लागि सवै संरचनाहरु तयार भइसकेका छन् । अवको २ वर्षमा व्यवसायले पुर्ण रुपमा उत्पादन दिनेगरी तयारी हुदै छ । समुहमा आवद्ध भएकाहरुको ठुलो सपना छ भविष्यमा वाख्रापालनलाई वाख्राको स्रोत केन्द्रको स्थापनाको रुपमा विकास गर्ने ठुलो लक्ष छ । यति मात्र होइन वंगुरपालनलाई पनि स्रोत केन्द्रको रुपमा विकास गरी नमुना वनाउने उनिहरुको योजना छ । एकिकृत रुपमा व्यवसाय सञ्चालन गर्नका लागि आवश्यक सवै पुर्वाधारहरु निर्माण भइसकेका छन् ।

lok 2 कुनैवेला उराठ र एक्लो महशुस गराउने यो जंगलवीचको भुभाग अहिले भने व्यवसायिकताले परिवर्तन गरिदिएको छ । उनिहरुले शुरु गरेको यस व्यवसायमा हाल १० जनाले प्रत्यक्ष रोजगारीको अवसर पाएका छन् । व्यवायले पुर्ण रुपमा उत्पादन गर्ने हो भने उत्पादन देखि वजारीकरण सम्मका लागि थप ३० जना व्यक्तिलाई रोजगारी दिने लक्ष समुहको रहेको छ । विदेशमा गएका युवाहरुको यो प्रयाससंग पछिल्लो समय जिल्लाकै प्रतिष्ठासंग जोडेर हेर्न थालिएको छ । कृषि तथा पशुमा लगानी गर्नेहरु उनिहरु सफल भएमा त्यसैलाई नमुनाको रुपमा देखाएर विदेशमा जाने युवाहरुलाई रोक्न सकिने निष्कर्षमा पुगेका छन् । यस समुह असफल भएको अवस्थामा भने यो देशमा जति गरेपनि केही हुदैन भन्ने पुरानो रोग दोहोरिने सम्भावना पनि उत्तिकै रहेको छ । रमेश कुमार वली

प्रकाशित मिति: आइतवार, चैत्र १५, २०७१