शुक्रबार, बैशाख २१, २०८१

कृषकलाई उन्नत जातको मकैको बीउ वितरण

पाँचथर, ११ फागुन । जिल्ला कृषि विकास कार्यालय पाँचथरले कृषकलाई उन्नत जातको मकैको बीउ वितरण गरेको छ । कृषकलाई मनकामना ३ र रामपुर कमपोजिट जातको साढे १२ मेट्रिक टन मकैको बीउ वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय पाँचथरले जनाएको छ ।
कार्यालयका प्राविधिक नरेन निरौलाले भने, “दैलेखबाट ल्याइएको पाँच मेट्रिक टन र कृषि विकास कार्यालय पाँचथरको साढे सात मेट्रिक टन उन्नत जातको मकैको बीउ वितरण गरेका हौँ ।” जिल्लाका चारवटा समुहलाई मकैको बीउ वितरण गरिएको उनले बताए । फिदिम नगरपालिका, भारपा समुह, यासोक समुह र याङनाम समुहलाई बीउ वितरण गरिएको कृषि विकास कार्यालय पाँचथरले जनाएको छ । सरकारले दिएको ७५ प्रतिशत अनुदानबापतको मकैको बीउ वितरण गरिएको प्राविधिक निरौलाले बताए ।

प्रकाशित मिति: सोमवार, फाल्गुन ११, २०७१