शुक्रबार, बैशाख १४, २०८१

चितवन मिल्कलाई सरकारी –निजी –सहकारी अवधारणामा लैजाने तयारी

chitawon-milk-headकाठमाडौं, फागुन  । दुग्ध उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउनु पर्दछ भन्ने सोचले सरकारले मात्र होइन दुग्ध उत्पादनमा संलग्न किसान, दुग्ध उत्पादक सहकारीहरु समेत सक्रिय लागिरहेका छन् । सरकारले पनि युवापुस्तालाई गाईपालनमा आकर्षित गर्ने खालका कार्यक्रमलाई सक्रिय बनाईरहेको छ ।

तर व्यवसायिक रुपमा दुग्ध उत्पादनमा सक्रिय रहेका डेरी उद्योमीहरु वीच नै केहीदिन देखि मनमुटाव शुरु भएको देखिन्छ । यो मनमुटावको कारण अरु केही नभएर नेपाल डेरी एसोसिएनका नवनिर्वाचित अध्यक्ष सुमित केडियाले सञ्चारमाध्यमहरुलाई दिएको अभिव्यक्ति नै कारण तत्व बनेको छ । जसका कारण भर्खरै मात्र अधिबेशन पश्चात निर्वाचित पदाधिकारीहरु दुई कित्तामा बाँडिएका छन् ।
सीताराम मिल्कका मालिक समेत रहेका अध्यक्ष सुमित केडियाले चितवन मिल्कले उत्पादन बन्द गरेको, दुग्ध उत्पादनहरु नभईरहेको र त्यस्तो उद्योगलाई सरकारले शेयर लगानी गर्नका लागेको भन्दै विरोध गरेपछि डेरी एसोसिएनमा आवद्ध उद्यमीहरु नै दुई कित्तामा विभाजित भएका छन् । केडियाले दिएको अभिव्यक्ति संस्थाको आधिकारीक धारणा भएको एक थरीले भनिरहेका छन् भने अर्कोथरीले सो अभिव्यक्ति संस्थाको आधिकारीक धारणा नभएको बताएका छन् ।
नेपाल डेरी एशोसिएसनको दाङ्गमा सम्पन्न भएको अधिबेशनबाट तय गरिएको दाङ्ग घोषणा जारी गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा चितवन मिल्क विरुद्ध केडियाले बोलेपछि डेरी एसोसिएन नै विभाजनको संघारमा पुगेको छ । उद्योगीहरु वीच नै एक आपसमा मनमुटाव देखियो भने दुग्ध उत्पादन क्षेत्रले गति लिन सक्दैन भन्दै गर्दा डेरी उद्योगहरुलाई संस्थागत रुपमा अगाडि बढाउने र संकट पर्दा सहयोग गर्ने उदेश्य बोकेको संस्था नै उद्योग विरुद्ध लागेपछि सो संस्था प्राईभेट कम्पनी भयो कि भन्ने शंका डेरी उद्यमीहरुले व्यक्त गर्न थालेका छन् ।
मुलुक भित्र केही बस्तु तथा बालीलाई आत्मनिर्भर बनाउनका लागि त्यससँग सम्वन्धित उद्योगहरु तीन खम्बाका रुपमा रहेको निजी, सरकारी र सहकारी मार्फत सञ्चालन गर्न सके उद्योगहरु विकास गर्न सक्ने सोच नै सरकार अगाडि बढिरहेका बेला चितवन मिल्कलाई पनि सोही बमोजिम अगाडि बढाउने सोच अनुरुप सरकारले पनि केही लगानी गर्ने सोच अनुरुप त्यसका लागि अध्ययन समिति गठन गरी अध्ययन समितिको प्रतिवेदन समेत पेश भईसकेको छ । सो अध्ययन समितिले दुग्ध उत्पादन कार्यक्रम प्रतिवद्ध भएका किसानहरुकोले उत्पादन गरेका दूधको उचित मूल्य समेत प्राप्त गर्नका लागि चितवन मिल्कलाई सरकारले सारेको अवधारणा बमोजिम निजी, सरकारी एवं सहकारी संस्थाहरुलाई समेत समेटेर सञ्चालनमा ल्याउन सके उचित हुने संकेत दिएको छ ।
तर नेपाल डेरी एशोसिएसनका अध्यक्ष सुमित केडिया भने सरकार शेयर हाल्न नहुने र दुग्ध उत्पादनमा सक्रिय रहेका सहकारीहरुलाई समेट्न नहुने धारणा सार्वजनिक भएपछि डेरी उद्यमीहरुको साझा संस्थाका रुपमा रहेको सो संस्थामाथि नै प्रश्न उठ्न थालेको छ । सुमित केडियाले चितवन मिल्कका बारेमा दिएको अभिव्यक्ति विरुद्ध एशोसिएसनका केही पदाधिकारी नै उभिएका छन् भने चितवन मिल्कले पनि सो अभिव्यक्तिका बारेमा यथार्थ बुझ्न एसोसिएनमा पत्रमार्फत ध्यानाकर्षण गराएपछि गत एशोसिएसनको आकस्मिक वैठक समेत बसेको थियो । सोमा अध्यक्ष केडियाका पक्षमा प्रथम उपाध्यक्ष राधाकृष्ण सापकोटा बाहेक अरु नउभिएपछि संस्थाका केडियो एक्लो देखिएका छन् । केडियाले चितवन मिल्कलाई सरकार कै अवधारणा बमोजिम निजी, सरकारी र सहकारी तीन खम्बे नीति अनुरुप सञ्चालन हुन नदिने नीति आफ्नो रहेकोले आफ्नो प्रयास जारी रहने संकेत देखिएपछि विना निष्कर्ष एसोसिएसनको आकस्मिक वैठक टुङ्गिएको वैठकमा सहभागी एक उद्यमीले कृषिलाई बताए । जसले गर्दा आफ्नो कम्पनीको विरुद्ध एसोसिएसनका अध्यक्षले दिएको अभिव्यक्तिको खण्डन समेत नगरेकाले चितवनल मिल्कले मानहानीको मुद्दा हाल्ने तयारी गरिरहेको स्रोतले बताएको ।
सो अभिव्यक्तिको सत्यताका लागि अध्यक्ष केडियासँग सम्पर्कका लागि ३ दिनदेखि गरेको प्रयास असफल भएको छ । कृषि प्रतिनिधिले फोन एवं एसएमएस मार्फत समेत केडियालाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । तर चितवन मिल्कका विरुद्ध दिएको अभिव्यक्ति संस्थाको आधिकारीक भएको संस्थाका प्रथम उपाध्यक्ष राधाकृष्ण सापकोटाले कृषि बताए अन्य पदाधिकारीहरुले भने सो कुरा संस्थाको आधिकारिक भनाई नभएको र संस्थाले त्यस्तो कुरा नगर्ने बताईरहेका छन् ।
सो सम्वन्धमा एशोसिएनका सचिव हिरा केसीले हामी उद्यमीहरुले मुलुकलाई दूधमा आत्मनिर्भरता तर्फ अगाडि बढाउने सोच अगाडि बढाएका छौं जसरी भएपनि किसानहरुले उचित मुल्य पाउनु पर्ने र चलेका उद्योगहरु दीगो हुने पर्ने भएकाले कुन उद्योग कस्तो छ वा चल्यो चलेन, घाटामा छ वा नाफामा छ भन्ने कुरा एसोसिएनको नभएको बताए । सरकारले कुनै पनि डेरी उद्योगलाई सञ्चालन गर्ने कार्यमा सहजता ल्याउनु पर्ने र डेरी उद्यमीहरुको पक्षमा आफू उभिने समेत बताउका छन् ।
अर्कोतर्फ तनहुँ, नवलपरासी, रुपन्देही, चितवन र मकवानपुरसम्मका किसानहरुले आफूले उत्पादन गरेको दूधको उचित मूल्यका लागि मिल्क होलिडेमा नआओस् भन्नका लागि चितवन मिल्क दिर्धकालिन रुपमा सञ्चालनका लागि सरकारले पहल गर्नु पर्ने र त्यसमा सहकारीहरुलाई समेट समेट्नु पर्ने बताउँछन् । चितवन मिल्कलाई सरकार, निजी क्षेत्र र सहकारी समेत शेयर लगानीमा सञ्चालन गर्न सके किसानहरुलाई फाइदा पुग्ने सो क्षेत्रका किसानहरुको भनाई छ ।
राष्ट्रिय दुग्ध उत्पादक कृषि समाजका केन्द्रिय अध्यक्ष आनन्द न्यूरेले चितवन मिल्कमा सहकारीको लगानी हुनु हुँदैन र सो उद्योग बन्द गर्न पाए आफूहरुले एकलौटी व्यापारका लागि किसानहरुसँग अनुचित फाइदा उठाउन खोजेको आरोप लगाए । चितवन मिल्क यदि बन्द भयो भने हजारौ किसानहरुले उत्पादन गरेको दूध खेर जाने भएकाले किसानहरुले उत्पादन गरेको दूधको ग्यारेण्टी सरकारले लिनु पर्ने बताए । – योगेन्द्र प्रताप शाही

प्रकाशित मिति: आइतवार, फाल्गुन ३, २०७१