शुक्रबार, बैशाख १४, २०८१

पचास बर्षदेखि उस्तै छ माछा पालन व्यवसाय

fish_Farmकाठमाडौं,  माघ । नेपाली कृषि क्षेत्रमा छ दशक अगाडि देखि शुरु भएको भनिएको माछापालन व्यवसायले अझै पनि बृहत रुपमा व्यवसायिकरणको रुप लिन सकेको छैन । त्यसैले माछाका लागि छिमेकी देश भारतको भर पर्नु परेको छ । सहज रुपमा व्यवसाय बढाउन सकिने भनिएको माछापालन व्यवसाय समेत व्यवस्थित नहुनु कै कारण आज माछाका लागि मात्र अरवौं रुपैयाँको माछा आयात गर्नु पर्ने वाध्यता छ ।
प्रशस्त पूर्वाधार र माछाका लागि आवश्यक पानीको व्यवस्था हुँदा हँुदै पनि नेपालमा माछा पालनले व्यवसायिक रुपम लिन नसक्नुको राज्यको दोष हो भनेर भन्न सक्ने अवस्था प्रशस्त छ । माछाका लागि आवश्यक भूरा उत्पादन देखि परम्परागत रुपमा माछाका लागि प्रयोग हुने खाद्यान्नका कारण पनि यो व्यवसाय फस्टाउन सकेको थिएन ।
तर, पछिल्लो समयमा आएर नेपालमा माछाले जुन रुपमा व्यवसायिकरणतिर लम्केको छ । त्यसलाई व्यवस्थापन गर्न अहिल्यै देखि चासो दिइएन भने भावी दिनमा यो व्यवसाय संकटमा नपर्ला भन्न सकिन्न ? केही समय अगाडिसम्म निकै नै फस्टाएको ट्राउट माछा हालका दिनमा आएर केही कमी भएको हो कि भन्ने आशंका पैदा गरिदिएको छ । बजारीकरणको प्रशस्त सम्भावना हुँदा हुँदै पनि किन माछा उत्पादन बढ्न सकेन भन्ने तर्फ खासै चासो दिएको पाईदैन । हुन त अन्न कृषिबालीको तुलनामा माछा व्यवसायले लाभ धेरै दिने भएको भएपनि किसानहरुलाई आकर्षित गर्न नसक्नु दै दुर्भाग्य हो भन्दा अत्युक्ति होला ?
कृषि विकास मन्त्रालयले माछापालनका लागि विभिन्न समयमा विभिन्न मिसन कार्यक्रमहरु सञ्चालनमा ल्याएको भएपनि व्यवस्थित रुपमा माछा पालनको सीप र ज्ञानको अभावका कारण पनि किसानहरु यस पेशातर्फ आकर्षित हुन सकेनन् ।
कस्तो ठाउँमा कुन माछा पाल्ने, त्यसको आहार कस्तो हुने वा माछालाई लाग्न सक्ने संक्रमणका बारेमा पनि किसानहरु अनभिज्ञ हुँदा कतिपय किसान माछापालन व्यवसाय गर्न चाहँदा चाहँदै पनि पन्छिएको पाइन्छ । ५० बर्षदेखि विकास हुन नसकेको र व्यवसायिकरण हासिल गर्न नसकेको माछापालन तर्फ पछिल्लो समयमा युवाहरु आकर्षित हुनुले भावी दिनमा माछा पालन व्यवसाय केही फस्टाउँला कि भन्ने संकेत देखिएको भएपनि माछा पालनका लागि आवश्यक बस्तुहरु सहजरुपमा प्राप्त गर्ने र छिमेकी राष्ट्रबाट आयात हुने माछाहरुको न्यूनिकरण गर्न वा प्रतिष्पर्धामा उभिने सक्ने नीति सरकारले ल्याउनु आवश्यक छ ।

प्रकाशित मिति: आइतवार, माघ ११, २०७१