शनिबार, जेष्ठ ५, २०८१

अलैची भट्टीको उदघाटन

दोलखा,१४ असोज । हिमाली आयोजनाबाट पुरक अनुदान प्राप्त भई संचालनमा आएको नव ज्योति अलैची उत्पादनफर्मले हिमाली आयोजनाका आयोजना निर्देशक डा. अमर बहादुर शाहको प्रमुख आथित्यतामा अलैची भट्टीको विधिवत उद्घाटन गरेको छ । । उक्त उद्घाटन कार्यक्रममा हिमाली आयोजनाका अनुगमन तथा मुल्यांकन विज्ञ श्री पद्म बहादुर शाक्य, सूचना तथा संचार अधिकृत श्री कमल पौडेल, कार्यक्रम सहायक श्री हेमराज बोहरा र लेखापाल श्री दिपक थापाको समेत सहभागीता रहेको थियो भने कार्यक्रममा स्थानिय जिल्ला आयोजना समन्वयकर्ता डा. तेज बहादुर रिजाल, कृषि विकास विकास अधिकृत श्री यूवराज पाण्डे, ए ई सी प्रतिनिधि श्री भगवती खांड र समाज परिचालक कमला दनुवार र स्थानीय अलैची कृषक तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुदै आयोजना निर्देशक डा अमर शाहले उपआयोजनाहरुले आयोजनाबाट प्राप्त अनुदानलाई इमान्दारी पुर्बक आफ्नो व्यवसायमा लगाई बढि भन्दा बढि नाफा लिन सकेमामानै आयोजनाको सफलता ठहरिने र व्यवसायीहरुको पनि व्यवसायमा दक्षता बढने भएकोले सबै कृषक व्यवसायी बनेर बढि भन्दा बढि नाफा कमाई लाभान्वित हुन आग्रह गरेका थिए । । उपआयोजनाका बारेमा कृषकहरुबाट उठेका जिज्ञासाहरुमा प्रष्ट पार्दै आयोजना निर्देशक शाहले कुनै हो हल्लाको पछाडी नलागी वास्तविकत बुझेर व्यवसाय योजना तयार पारी आयोजना बाट अनुदान प्राप्त गरि आफु लाभान्वित हुने सुनौलो अवसरलाई उपयोग गर्न अन्य कृषकहरुलाई आग्रह समेत गरेका थिए । कार्यक्रममा अनुगमन तथा मुल्यांकन विज्ञ पद्म शाक्यले आयोजनाको हरेक गतिविधि सम्बन्धित निकायमा रिर्पोटिङ गरि व्यवसायको हर हिसाब राख्ने व्यवस्था मिलाउन सुझाब दिएका थिए ।

प्रकाशित मिति: मङ्लबार, अशोज १४, २०७१