आइतवार, जेष्ठ ६, २०८१

रौतहटमा धान उत्पादनमा कमी आउने

काठमाडौं, १७ भाद्र । पछिल्लो समयमा बाढी प्रभावका कारण रौतहट जिल्लाका धेरै धानबाली डुबानका परेपछि रौतहट जिल्लामा गतबर्ष जस्तो धान उत्पादन नहुने भएको छ । जिल्लाका करीव तीन हजार हेक्टर जमीन डुबानका परेका कारण धेरै धान नष्ट भएकाले उत्पादनमा कमी आउने जिल्ला कृषि विकास कार्यालय रौतहटका प्रमुख राजनारायण यादवले बताउनु भयो ।
उहाँका अनुसार जरामा मात्रै पानी भएको भए धानबाली राम्रो हुने तर भर्खरै मात्र रोपेका धानको गुवासमेत बाढीले छोपेका कारण धान बाली नष्ट हुन सक्ने अनुमान समेत लगाइएको छ । डुवानमा परेको धानबाली पुनः हरियो भएर आउने भएपनि उत्पादनमा भने अत्यन्तै न्यून हुने समेत उहाँले बताउनु भयो । बाढी डुवानमा परेका क्षेत्रका धानबाली नगाँज्जिने भएकाले पनि उत्पादनमा कमी आउने उहाँले बताउनु भयो ।

प्रकाशित मिति: मङ्लबार, भदौ १७, २०७१