बुधबार, बैशाख २६, २०८१

असिना पानीले कृषि उत्पादनमा असर

पर्वत, ११ चैत्र । चैत्र ८ गते परेको हुरी बतास तथा असिना पानीका कारण पर्वत जिल्लामा कृषि उत्पादनलाई प्रभावित बनाएको छ । जिल्लाको देउपुर, त्याङ्ग, माझफाँट नाङ्गिवाङ्ग, कटुवाचौपारी, बाजुङ्ग, पिपलटारी लगायत.गाविस लगायतका गाविसका किसान प्रभावित भएको छ । असिना पानीबाट किसानहरुलाई ठूलो मात्रामा असर परेपछि हिउँदे फलफूल तथा तरकारी नष्ट गरेको छ । कृषि विकास कार्यालय पर्वतका प्रमुख बासुदेव रेग्मीका अनुसार जिल्लाका विभिन्न गाविसमा असिना पानीले हिउँदे फलफूल र तरकारी नष्ट पारेपछि किसानहरु चिन्तित बनेका छन् । प्रभावित किसानहरुलाई राहत उपलब्ध गराउने विषयमा जिल्ला स्थिति दैवी प्रकोप उद्धार समितिको वैठक समेत बसेको खुल्न आएको छ ।

प्रकाशित मिति: मङ्लबार, चैत्र ११, २०७०