बुधबार, बैशाख १९, २०८१

सिन्धुलीमा कृषि पेशातर्फ आकर्षण बढ्दो कृषक समूह व्यवसायिकरण तर्फ उन्मूख

sindhuliसिन्धुली,२२ फागुन । जुनारको जिल्ला भनेर चिनिने सिन्धुली जिल्लामा आ.ब.२०७०÷७१ को अन्तिमसम्ममा २४३ वटा कृषक समूह गठन भएको छ । जिल्ला कृषि बिकास कार्यालय सिन्धुलीले प्रकाशन गरेको जिल्लाको बार्षिक कृषि कार्यक्रम तथा तथ्यांक अनुसार उक्त संख्यामा कृषक समूहहरु स्थापना भएको उल्लेख गरेको छ ।
कृषि प्रधान देश भनेर चिनिने नेपालको भित्री मधेशमा अवस्थित सिन्धुली जिल्लाका सबै गा.बि. स. र नगरपालिकाका प्राय शतप्र्रतिशत घर परिवार कृषि पेशामा आश्रित भएको भए पनि हालसम्म अझै कृषि पेशालाई हेयका दृष्टिले हेर्ने सामाजिक परम्परा कायमै रहेकोले एकदम थारै संख्यामा कृषक समूह स्थापना भएको देखिन्छ ।
प्राय सबै समूहहरुको आफनै प्रयासमा गठन भएकै कारण समूहहरुले अपेक्षा गरेजति कृिष क्षेत्रमा सक्रिय रहन नसकेको भएपनि कृषिलाई व्यवसायिकरण गर्ने तर्फ प्रयास भने गरेको देखिन्छ ।
जिल्लाको भौगोलिक संरचना अनुसार १ नगरपालिका र ५३ गा. बि. स. रहेको यस जिल्लामा कमलामाई नगरपालिकाको सबै वडाहरुमा गरि ६५ वटा कृषक समूहरु गठन भएको कृषि विकास कार्यालयको तथ्यांकले देखाएको छ । त्यसै गरी दुधौलीमा १२ , ककुरठाकुरमा ३, लदाभीरमा ४, टाँडीमा ९, आम्बोटेमा ४, लाम्पान्टारमा २ ,सिर्थौलीमा ६ तोश्रामखोलामा १, बाहुनतिलपुङमा २, हतपतेमा १२, निपानेमा १, बेलघारीमा ४, भिमस्थानमा ९, जरायोटारमा ४, रानीचुरीमा १०, कल्पबृक्षमा ३, कपिलाकोटमा ९, महादेबस्थान्मा ६, डाँडीगुराँसेमा ९ हरिहरपुर गढीमा २,बितिजोर ९, तिनकन्यामा ५ भुवन्श्वरीमा १, बाशेश्वरमा ७, भाँगाझोली राटामाटामा ७, भिमेश्वरमा ६, रतनचुरामा १६,जलकन्यामा ३, भद्रकाली गाविसमा ६वटा गरी जम्मा २४३ कृषक समूह स्थापना भएको देखिन्छ । भने अरुणठाकुर, सोल्पाठाना, खाङसाङ्ख, महादेबडाँडाँ, रत्नवती, जिनाखु,हर्षाही, सुनम पोखरी,खोलागाँउ, बालाजोर, पिपलमाडी, क्यानेश्वर, महेन्द्र झ्याँडी,डूँडभन्ज्याङ्ख, कुशेश्जर दुम्जा, पुरानो झाँगाझोली, शितलपाटी, मझुवा,अमले, बस्तिपुर, शान्तिश्वरी, नेत्रकाली, तामाजोर, र रानीबास गा. बि. स. हरु भने हालसम्म पनि कृषस समूह गठन हुन सकेका छैनन् ।
त्यस्तै लैंगिक पक्षबाट हेर्दा महिला २८३२ र पुरुष २१७७ गरी जम्मा ५००९ जना कृषकहरु समूहमा आबद्ध भएको छ । त्यस्तै समूहको प्रकृति हेर्दा महिला कृषक समूह, पुरुष कृषक समूह र मिश्रित कृषक समूहको रुपमा रहेको पाइन्छ भने बिषयगत हिसाबले हेर्दा खाधान्न, तरकारी, फलफुल, माछा, मौरीपालन, र बीज बृद्धि अन्नबाली जस्ता समूहहरु रहेको छ । – लोक ब. गोले, सिन्धुली

प्रकाशित मिति: शुक्रबार, फाल्गुन २२, २०७१