आइतवार, अशोज १६, २०७९

के कारण कुखुरापालन व्यवसाय असफल भयो, कसरी सफल बन्ने ?

प्राय यस्तो देखिने गरेको छ किजुन तीब्र गतिमा कुखुरा पालन फार्महरु स्थापना हुन गर्दछन् । त्यहि गतिमा बन्द पनि हने गरको छन् । यसै कारणले गर्दा कुखुरा पालनमा सरकारी नीति एव देशको आवश्यकता अनुसार पूर्णरुपले अपेक्षकृत विकाश हुन सकेको छैन । सामान्यतया कुखुरा पालन व्यवसाय विस्तार सबन्धमा सामान्य किसानसँग सल्लाह गर्दा प्राय जसो कुखुरापालनत धनीमानीले गर्ने व्यवसाय हो हामी सामान्य गाउँले कृषकलाई यस्को के काम हामी यसमा सफल हुन सक्तैनौ भन्ने धारण पाइन्छ । तथापी वास्तबिकता यसभन्दा अर्कै छ । कुखुरा पालन ब्यवसाय असफल हुनुका अरु पनि धेरै कारण छन् । यी कारणहरुलाई सजिलै समाधान गर्न सकिन्छ अनि ग्रामिण कृषकले यो पेशा अंगालेर आफ्नो तथा देशको अर्थ व्यवस्थालाई एउटा सुदढ आधार दिन सक्छन् । कुखुरा पालनको असफताका मुख्य कारण निम्न लिखित मानिन्छ ।

क) कुखुरा पालन सन्बन्धी पूर्ण आधुनिक एंवबैज्ञानिक ज्ञान रहुनु ः
प्राय जसो कुखुरा पालकको असफलताको मुख्य कारण किसानले यो व्यवसायको आधुनिक बैज्ञानिक ज्ञानको कमी हुँदाहुँदै पनि देखासिकीमा कुखुरापालन कार्य अव्यवस्थित ढंगले शुरु गर्दछन् तथा संचालनको असफल कोशिस गर्दछन् । जस्को कारण हुने निरन्तरको घाटा कि व्यवसाय बन्द गर्दछन् । प्रायजसो पढेलेखेका तथा उच्च सरकारी अधिकारीले पनि भन्ने गर्दछन् केही दिनको सानातिनो तालिम प्रशिक्षण लिए पछि त कुखुरा पालन व्यवसाय सजिलै गर्न सकिन्छ । जव कि वास्तविकता यस्को विल्कुल विपरीत हुन्छ किनकी कुखुरा पालन मात्र हैन संसारको कुनै सानो ठूलो व्यवसाय बिना कुनै संभावना न्युन हुने छ ।

ख) शुद्ध सस्तो सन्तुलित आहाराको कमी ः
कुखुरा किसानहरुलाई प्राय जसो बर्षभरी शुद्ध, सस्तो र सन्तुलित दाना उपलब्ध नहुने गरेको पाइन्छ । जस्को कारण धेरै जसो कुखुरा फार्म कुनै न कुनै ठाउँमा बन्द हुने गरेको पाइन्छ । खासगरी वर्षाको वेला ढुसी अनि गर्मीको वेला नुनको विषादीको प्रकरण सजिलै देख्न सकिन्छ । जस्का कारण कुखुराको मृत्युदर अचानक बन्ने गर्दछ साथै कुखुरापालक किसानसँग पुँजी अभावका कारण यस्तो दाना आहारा बदलिन सक्तैनन । तसर्थ घाटा नोक्सानी बढी हुने हुदा उनीहरुले आफ्नो व्यवसाय बन्द गर्नु पर्ने हुन्छ । अतः यस प्रकारको हानी नोक्सानीबाट बच्न कुखुरा पालक किसानले आफ्नो फार्मको लागि विश्वशनीय दाना उद्योगबाट उत्पादित दाना प्रयोग गर्ने साथै यो पनि सुनिश्चित गर्नु आवश्यक हुन्छ कि त्यस उद्योगसँग राम्रो दाना उत्पादन गरिने सवै सुविधा उपलब्ध छ तिनको प्रयोग नियमित गरिन्छ । त्यस पछि पनि आफ्नो फार्ममा आउने प्रत्येक खेपको दानाको गुणस्तरको परिक्षण कुनै विश्वसनीय प्रयोगशालाबाट नियमित जाँच गराउनु पर्दछ । सरकारी स्तरबाट पनि विभिन्न प्रयोजनका लागि पालिने कुखुरालाई प्रयोग गरिने दानाको गुणस्तर मापदण्ड निर्धारण गरी कृषकलाई सूचना प्रवाह गर्ने तथा दाना उद्योगको उत्पादनस्थलमा स्थलगत अनुगमन गर्ने गरिनु पर्दछ ।

घ) व्यवस्थित बजारको अभाव,चल्ला उपलब्धता देखि तयारी कुखुरा फुल विक्रि गर्न ः
हामी कहाँ कुखुराजन्य उत्पादनहरुको क्रय विक्रयको लागि व्यवस्थित बजारको प्रावधान नै छैन सवैकाम विचौलियाको भर छ भन्दा हुन्छ । यसकारण कुखुरा पालक किसानले न भनेको वेला चल्ला पाउछन् नत तयार भएको तयारी कुखुरा फुल बेच्न पाउछन् । त्यसैले किसानले न त सहि मुल्यमा चल्ला पाउछन् । नत तयारी कुखुरा वेच्न पाउँछन् । त्यस्का कारण यसै अलमलमा नयाँ किसानत शुरुमै घाटा नोक्सानमा परि यस पेशाबाट पलायन हुने गर्दछन् । यस्को लागि संगठित व्यवस्थित बजार स्थलको व्यवस्था हुनु पर्ने देखिन्छ ।

ङ) उच्च गुणस्तरको चल्ला उचीत मुल्यमा वर्षभरी नपाउनु ः
सरकारी स्तरमा कुखुराका हयाचरीहरु न हुनाका कारण निजी क्षेत्रका ह्याचरीहरुले बजारमा माग बढ्नासाथ भाउ बढाउने चल्ला कमसंख्यामा आपूर्ति गर्ने अनि मिसमास गर्ने नौलो कुरा भएन । यो नै कुखुरा पालकले व्यहोर्नु पर्ने घाटा नोक्सानीको प्रमुख कारण मानिन्छ । यसबाट कुखुरापालक कृषकलाई बचाउने ओ भने सरकारले एकदिने चल्लाको गुणस्तरको मापदण्ड तोकेर लागू गराउने दृढता दखाउन पर्ने हुन्छ । यस्का साथै किसानले पनि आफ्नो फार्मको उत्पादन तालिका बनाई भरपर्दो एक दुई ह्याचरी सँग निश्चित मुल्य र समयमा तल्ला दिने अनुवनध सम्झौता गर्ने । यसो गरेमा वर्षभरि निश्चित मूल्य र समयमा चल्ला पाउने सुनिश्चिता हुने छ ।

च) रोग निदान प्रयोगशालाको कमी ः
हाम्रो देशमा कुखुरा रोग निदान प्रयोगशालाहरुको न्युन त त छदैछ भएका धेरै जसो प्रयोगशालाहरुमा उपकरणहरु प्रयोगशाला प्रयुक्त रसायनका साथै कहि कहि पूर्ण रुपमा प्रशिक्षित एव अनुभवी विज्ञको कमी पनि देख्न सकिन्छ । कुखुरा पालक कृषकहरुलाई तुरुन्तै आफ्नो कुखुरालाई लागेको रोगको निदान तथा उचित स्याहार वारे थाहा नहुने स्थिति श्रृजना हुन्छ जस्का कारण मृत्यु दरमा हुने अप्रत्याशित बुद्धिले धेरै घाटा नोक्सानी व्यहोर्नु पर्दा आफ्नो व्यवसाय बन्द गर्नु पर्ने स्थिति आउँछ । यस प्रकारबाट हुने क्षतिबाट बच्नका लागि कुखुरा पालक कृषकले कुनै विषय विशेषज्ञसँगनै कुनै राम्रो प्रयोगशालाको सेवा लिने चाहे त्यो अलि टाढा नै किन नहोस । सरकारी स्तरमा पनि हाल भएका प्रयोगशालाको भौतिक एवं प्राज्ञिक स्तरोन्नतिका साथैकुखुरा पालनका साधन क्षेत्रमा यस्को सेवा संख्या थप्नु उचित हुने देखिन्छ । अझ यस्का साथै बेला बेलामा चल प्रयोगशाला पनि संचालन गर्ने हो भने कुखुरा पालन किसनले सहज सेवा पाउनेछन् ।

छ) शुद्ध सस्तो एवं सुलभ रुपमा औषधि नपाउनु ः
प्रायः देखिने गरिन्छ कि कुखुरा पालक कृषकहरुले आफुलाई आवश्यक पर्ने औषधि आफ्नो फार्ममा जगेडा राख्दैनन् र जब आवश्यक पर्छ रोग फैलिन्छ अनि औषधिका लागि यता उता भौतारिन्छन् । हड्बडीमा बजारमा औषधिको अभावका कारण किसानलाई कि त औषधिसमयमा उपलब्ध हुँदैन वा कहिले काही अशुद्ध कमसल खाले औषधि त्यो पनि चर्को मुल्यमा पाइन्छ । जस्को कारण कुखुराको मृत्यु दर बढ्ने गर्दछ सार्र्थै उत्पादन लागत पनि अत्यधिक बढेरजान्छ । त्यसैले यसबाट हुने हानी नोक्सानीबाट बच्नका लागि कुखुरा पालक कृषकले आफ्नो फार्ममा नैकेहि विशेष खाले औषधिहरु कुनै अधिकृत विक्रेता या कम्पनीसँग किनेर आपतकालिन समयको लागि राख्नु पर्दछ । साथै प्रयोग गरेको औषधिको शुद्धता एव गुणस्तरताको शंका लागे सम्वन्धित नियमनकारी निकायमा सुचना दिनुपर्दछ ।

ज) लापरवाही एवं कमजोर प्रवन्ध व्यवस्थाएव क्षमता ः
कहिलेकाहि कुखुरा फार्ममा चोरी हुने आगजनीहुने जस्ता कारणलेपनि कुखुरापालन व्यवसाय असफल हुने गर्दछ । आगजनीको कारण लापरवाहीले फालेको चुरोट विडीको ठुटो वा व्यक्तिगत रिसवीका कारण पनि हुन सक्छ । त्यसकारण यस कारण कुखुरा फारम भित्र जथाभावी विडी चुरोट पिउन प्रतिवन्ध गर्नु पर्दछ साथै विश्वसनीय चौकीदारको व्यवस्था फार्ममा २४ घण्टा गर्नुपर्छ । फार्मका कामदारबाट हुन सक्ने चोरी नियन्त्रण गर्न फार्मको कामदारको संम्पूर्णगतिविधिको अभिलेख राख्ने गर्नु पर्दछ । आगजनी एवं चोरी लुटपाटबाट हुने नोक्सानीबाट बच्न आफ्नो फार्मको वीमा अवस्य गर्नुपर्ने हुन्छ ।

प्राय जसो शुरु शुरुमा कुखुरापालन राम्र्रैसँग चल्न थालेपछि किसानले हेलचेक्रयाइ गर्न थाल्दछन् । जुन नोक्सानीको एउटा ठूलो कारण बन्दछ यदि व्यवसायीमायो नोक्सानी व्यर्होर्ने क्षमता रहेन भने । प्राय हाम्रा कुखुरापालक कृषकसँग कुखुरा पालन सम्वन्धि उपयुक्त कार्ययोजना नहुँदा दुरदर्शिताको कमी तथा कमजोर व्यवस्थापन क्षमताका कारण व्यवसाय बन्द गर्नु पर्ने अवस्था श्रृजना हुन्छ । यस्को लागि कुखुरा पालक कृषकलाई आफ्नो फार्मको कुखुरा पालनका सवै खाले गतिविधि थाहा हुनुपर्छ । सवै कार्यहरु पूर्णरुपमा सहि तरिकाबाट ठिक ठिक वेला सम्पन्न गर्नुपर्छ साथै आफ्नो व्यवस्थापकीय क्षमता पूर्ण रुपमा उपयोग गर्नु पर्दछ ।

झ) अतिरिक्त आयको लागि सहायक पेशाको रुपमा कुखुरा पालन गर्नु ः
प्रायजसो मानिसहरु कुुखुरा पालन व्यवसायलाई अतिरिक्त, आयको लागि सहायक पेशाको लागि गर्ने गर्दछन् । सरकारी स्तरबाट समाजको कमजोर वर्गका समुदायका लागि उनको आर्थिक अवस्था सुधार्नका लागि यो व्यवसाय शुरु गर्न विभिन्न खाले छुट अनुदान दिएर प्रोत्साहन गर्ने गर्दछ । यस्ता व्यवसायहरु लाभप्रद रुपमा धेरै दिन चल्न सक्नका लागि उपलब्ध गराइएको विभिन्न खाले छुट अनुदान सेवाको निरन्तरता एव व्यक्ति विशेषको क्षमतामा भर पर्दछ । जसै उत्पादन प्रोत्साहन उपलब्ध हुन छाड्छ यस्ता व्यवसाय पनि बन्द हुन थाल्दछन् ।

यस विषयलाइ गहिरिएर अध्ययन विश्लेषण गर्ने हो भने यो व्यवसायलाई कहिले पनि सहायक पेशाको रुपमा गर्न सकिन्न । किनभने यो व्यवसायलाई पूर्णरुपमा सफलतापर्वक चलाउनका लागि हर समयको रेखदेख अति आवश्यक पर्दछ । समग्रमा भन्ने होभने कुखुरापालन व्यवसाय नाफा मुूलक वनाउन कुनै एक पक्षको मात्रले संभव नहुने देखिन्छ । यस्को लागि यस्को उत्पादन श्रृखलाका सवै सरोकारवालाहरु विच उचित समन्वय र सहभागिता मुलक संलग्नता हुनु जरुरी छ । अनिमात्र यो व्यवसाय दिगो हुनेछ । – डा केदार कार्की

प्रकाशित मिति: सोमवार, भदौ ६, २०७९