सोमवार, मंसिर १२, २०७९

झापामा टनेलभित्रै फस्टायो तरकारी खेती

काठमाडौ । पछिल्लो समय कृर्षी पेशाबाट राम्रो कमाई गदैआएका छन् । झापामा टनेलभित्र रायोको साग फस्टाएको छ । कृषि ज्ञान केन्द्रले टनेल बनाउन अनुदानसमेत दिएपछि किसान प्रोत्साहित भएका छन् । सामान्यतया जाडो मौसममा रायो सागको खेती हुने गर्छ । तर यसको बजार माग बाह्रै महिना उच्च रहेका कारण झापाका किसानले बर्खे मौसममै आधुनिक प्रविधिबाट अग्र्यानिक रायो साग उत्पादन गरेर लाभ लिन थालेका छन् ।

पुनम कृषि फार्ममार्फत बिर्तामोड नगरपालिका–७ की पुनम तिम्सिनाले १५ दिनको अन्तरालमा १ लाख ५० हजारको बर्खे रायो साग बिक्री गरेको बताए । कृषि ज्ञान केन्द्र झापाले टनेल निर्माणका लागि फार्मलाई ५० प्रतिशत रकम अनुदान दिएको छ । अनुदान पाएपछि उत्साही भएर रायो सागको खेती विस्तार गरिरहेको उनले बताए ।

बेर्ना लगाएको एक महिनामै बिक्रीका लागि तयार हुने बैमासमी रायो साग प्रतिमुठा ५० का दरले बारीबाटै बिक्री हुँदै आएको उनले बताए । अहिले रायो सागको सिजन होइन, अरुले उत्पादन गरेका छैनन्”, उनले भने, त्यही भएर महँगो दरमा बिक्री हुँदा आम्दानी धेरै भएको हो ।” तिम्सिनाले २० टनेल बनाएर रायो सागको व्यावसायिक खेती गर्दै आएका छन् । सुरुमा एउटा टनेल बनाएर खेती सुरु गरेकी उनले राम्रो आम्दानी भएसँगै थप २० प्लाष्टिक टनेल बनाएर सागखेती गरेको बताइन् ।

ज्ञान केन्द्रले तरकारी खेतीलाई प्रवद्र्धन गर्नका लागि टनेल बनाउन ६ लाख १२ हजार रकम ५० प्रतिशत अनुदान दिएपछि उनीले रु ११ लाख ८८ हजार थपेर रु १८ लाखमा २० आरसिसी पिलरमा प्लाष्टिक टनेल निर्माण गरेर सागको व्यावसायिक खेती गर्दै आएको बताइन् । उनीलाई साग उत्पादनमा उनका श्रीमान् शान्तिरामले साथ दिँदै आएको छ । तिम्सिनाले थप चार स्थानीयलाई समेत रोजगारी दिइएकी छन् ।

रायो सागको खेती गर्दा बाह्रैमास हुने र आम्दानी पनि राम्रो हुने हुँदा पछिल्लो समय यसको खेतीतर्फ किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले बताएका छन् । उनले बेर्ना तयार गरेर लगाएको एक महिनामै सागले राम्रो आम्दानी दिने हुँदा केन्द्रले साना किसानलाई व्यावसायिक अग्र्यानिक तरकारी खेतीमा प्रोत्साहन गरिरहेको बताउदै, टनेल निर्माणका लागि चालु आर्थिक वर्षमा २० किसानका कृषि फार्मले अनुदान पाएको उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९