शुक्रबार, चैत्र १६, २०८०

पशुजन्य पदार्थको मागअनुसारको आपूर्ति भएन

बनेपा, २७ फागुन । नेपालमा पशुजन्य पदार्थको माग बढेपनि माग अनुरुप आपूर्ति गर्न नसक्दा पशुजन्य पदार्थको वृद्धिदर बढेपनि मागअनुसारको आपूर्ति हुन सकेको छैन । कृषि मन्त्रालयको हालैको तथ्याङ्कलाई उद्धृत गर्दै काभ्रे पशुस्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार पशुजन्य उत्पादनको वृद्धिदर बढेपनि १४ केजी आवश्यक भएको मासु नौ केजी मात्रै उपलब्ध भएको छ । अहिले बर्सेनि २८८ मेट्रिक टन मासु उत्पादन हुँदै आएको र त्यसको उत्पादन वृद्धिदर ३.७ रहेको सो कार्यालयले जनाएको छ । अण्डा ४८ वटा आवश्यक भएकोमा २३ वटा मात्रै उपलब्ध हुँदै आएको छ र अहिले ७८ करोड वटा अण्डा उत्पादन हुँदै आएको छ । यसको उत्पादन वृद्धिदर १२ प्रतिशत रहेको छ । त्यस्तै दूध ५७ लिटर उत्पादन भएकोमा ५९ लिटर उपलब्ध भएको छ जसको वृद्धिदर ४.२ प्रतिशत रहेको छ । यसको उत्पादन एक हजार ६२२ लिटर हुँदै आएको छ । पशुस्वास्थ्य कार्यालयका डा मुकुल उपाध्यायले दूध, राँगाको मासु, बङ्गुरको मासु र कुखुराको मासुले नै

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २७, २०७०