आइतवार, अशोज १६, २०७९

रैथान बाली संरक्षण गर्न नसक्नेले रैथाने विज्ञ कसरी जोगाउला ?

नेपालको आफ्नै रैथाने बाली पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ । परम्परागत रुपमा चल्दै आएको कृषि क्षेत्रलाई व्यवसायिकीकरणका नाममा हाईव्रिउमा रुपान्तरण गर्न थालेपछि रैथाने बाली पाउन मुश्किल पर्न थालेको छ ।

विगतमा नेपालको रैथाने बालीका रुपमा विश्व प्रसिद्ध भएका नेपाली बालीहरु कोदो, फापर, सिलाम, जौ लगायतका बालीहरु संरक्षण कै अभावमा परेका छन् । यस्ता वाली यतिखेर पाउन मुश्किल परिरहेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयल मातहतमा रहेका कार्यालयहरुले यस तर्फ ध्यान नै दिएका पाईदैन । बढी भन्दा बढी फाइदा लिनका लागि भन्दै रैथाने बाली उत्पादनमा क्रियाशील रहेक किसानहरुलाई समेत बाली परिवर्तन गर्न लगाउने कृषि विज्ञहरुकै कारण अहिले बाली जोगाउन मुश्किल परेको हो ।

करोडौै रुपैयाँको हाइव्रिड बीउ आयात गर्न सक्ने सरकारले हाम्रा परम्परागत एवं रैथाने बालीका बीउलाई संरक्षण गर्ने तथा त्यस्ता रैथाने बालीका बीउहरु उत्पादन गर्न तर्फ किन ध्यान दिन सकेन ?

सरकार कहाँ चुक्यो भन्ने चर्चा चलिरहँदा सरकारमा बस्नेहरुमा कृषि क्षेत्रको विकास गर्नुपर्दछ भन्ने सोच नै पलाउन सकेन । त्यसमाथि पनि रैथाने बीउ जोगाउनु पर्दछ भन्ने अवस्थाको सिर्जना नै गरिएन ।

हुन त राजनीति गरेर सत्तामा पुग्नेहरुलाई कृषि क्षेत्रको विकास हुनु पर्दछ भन्ने सोच पलायो भने पनि कृषि क्षेत्रको विकास गर्ने प्रण गरेर जागिर खाएकाहरुले नै यो क्षेत्र ध्वस्त पारे भन्दा दुख मान्नु पर्दैन होला ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा जागिर जीवन विताउने मध्ये थोरैले मात्र साँच्चै कृषि क्षेत्रको विकास गर्नका लागि आफूलाई सक्रिय बनाए । अधिकांशले त सरकारी तलव खाने तर काम चाहि गैरसरकार संस्थाका लागि गरि नै रहे । यतिखेर नेपालका सञ्चालितक कृषिका काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्नेहरु को को छन् भन्ने कुराले पनि सो कुराको पुष्टि गर्द छ । जसरी रैथानेबाली जोगाउन सकिनएन त्यसैगरी रैथाने कृषि विज्ञ जोगाउन पनि मुश्किल पर्ने सम्भावना बढ्दै गएको छ ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन ५, २०७८