शुक्रबार, साउन १५, २०७८

पशुपालनमा बाख्रापालन निकै फाइदा मूलक पेशा

बाख्रा पालन प्राय सबै जलवायुमा कम लागत साधारण खोर गोड सामान्य हेरचाह तथा पालन पोषणवाट गर्न सकिन्छ । यसका उत्पादन विक्रिका लागि सर्वसुलभ उपलब्ध छ । यिनै कारणले पनि पशुधनमा वाख्रा प्रजाती को विशेष महत्व छ । उपरोक्त विशेष गुणहरु भएका कारण महात्मा गान्धीले बाख्रालाई गरीबको गाई भन्थे । आजको परिवेशमा पनि यो कथन महत्वपूर्ण छ । आज जव एक तिर पशुहरुको दाना आहार औषधि उपचार महँगो हुनाले पशुपालन आर्थिक दृष्टिले कम लाभकारी हुँदैछ भने बाख्रा पालन कम लागत सामान्य हेरचाह गर्दा पुग्ने भएकाले सिमान्तकृत गरीव किसान मजदुरका लागि जिविकोपार्जनको एउटा साधन बनेको छ । यति मात्र नभएर यसबाट हुन आयले गर्दा समाजमा आर्थिक रुपले सम्पन्न समुदायलाई पनि आफूतिर आकर्षित गर्देछ । जसका कारण बाख्रा पालन स्वरोजगारको एउटा प्रवल भरपर्दो साधन बन्दैछ ।
बाख्रापालनको उपयोगिता: 
बाख्रा पालन खास गरी मासु दुध एवं गै पस्मीना एवं मोहेरको लागि गरिन्छ । यसका साथै यिनको मलमुत्रले जमीनको उर्वरा शक्ति बढ्छ । बाख्राहरु प्रायः चरी चरामा निर्भर हुन्छन । यिनीहरु भmाडी, जंगली घाँसपात रुखका पात डाले घाँस खाएर हामीलाई पौष्टिक पर्दाथ मासु दुध उपलब्ध गराँउछन ।

बाख्राका प्रमुख उपयोगी जातहरुः
ब्लैक बंगाल, यस जातका बाख्राहरु पश्चिम बंगाल झारखण्ड असीम उडीसामा पाइन्छन । यिनको शरीरम कालो खैरौ, तथा सेतो रंगको साना रौ पाइन्छ । तर करीव ८०% प्रतिशत बाख्राहरुमा भने रौ कालो हुन्छ । यो सानो जीड डालको हुन्छ, वयस्के खसी के का को तौल करीव १८—२० किलो हुन्छ भने वाख्रीको तौल १५—१८ किलो ग्राम हुन्छ । जर तथा मादा दुबैमा ३—४ इन्च अघिलतिर सिधा निकलेको सींग हुन्छ । यसको शरीर कस्सिएको हुनुका साथै अगाडी भन्दा पछाडि तीर बढि चौडा तथा बीचमा बढी मोटो हुन्छ । यसको कान सानो तीखो अनि अगाडी पट्टी निकलिएको हुन्छ । यस जातको प्रजनन क्षमता धेरै राम्रो छ । औसतन यसले २ बर्षमा ३ पटक पाठापाठी जन्माउँछ तथा एक बेतमा २—३ पाठापाठी जन्माउँछ । केही बाख्राले एक बर्षमा २ पटक पाढापाढी दिन्छन । यस जातको पाढीहरु ८—१० महिनामा कोरेली अवस्थामा पुग्दछन तथा औसत १५—१६ महिनाको उमेर पहिलो पटक पाठापाठी जन्माउन्छन ।

जमुना पारीः

अन्य जातका वाख्राहरु भन्दा यो सवै भन्दा अग्लो तथा लामो जीउ डालको बाख्रा मानिन्छ । यो भारतको उत्तर प्रदेशको इटावा जिल्लासंग गंगा यमुना तथा चवल नदिहरुलृ घेरिएको क्षेत्रमा पाइन्छ । साँग्लो नवीयन बाख्राहरुको विकासमा जमुना पारी जातको विशेष योगदान रहेको छ । यिनको नाक धेरै उठेको हुन्छ । जसलाई रोमन नोज भनिन्छ । यसको संग सानो तथा चौडा हुन्छ काम १०( १२ इन्च लामो चौडा मोडिएको तथा झुन्डिएको हुन्छ । यसको तिघ्राको पछाडी पट्टी धेरै लामो रौ हुन्छ । यसको शरीरमा सेतो तथा रातो रौ हुन्छ । यसको शरीर वेलुन आकारको हुन्छ । व्यस्क नरको औसत तौल ५०—६० किलो ग्राम हुन्छ । यसको जन्मिने बेला ५—५—३ किलो ग्राम तौलका हुन्छन । यस जातको वाख्राले प्रतिदिन औसत १.५—२.० किलो ग्राम दुध दिइन्छ । । यस प्रजातीका बाख्रा दुध उत्पादनका लागि पाल्न उपयुक्त हुन्छन । बाख्रीहरुले बर्षेनी पाठापाठी जन्माउछन । यस जातका बाख्राहरुको मुख्य रुपमा झाडी बुटयान एवं रुख डाले घाँसका पात स्याउलामै निर्भर हुन्छन । जमुनापारी प्रजातीको बोकाहरु विभिन्न जलवायुमा पाइने स्थानीय जातका बाख्राहरुको नश्ल सुधारको लागि प्रयोग गराइन्छ ।

बीटलः

प्रजातीकाृ बाख्राहरु मुख्यतः भारतको पंजाव प्रान्तको गुरुदासपुर जिल्लाको बटाला अनुमंडलमा पाइन्छ ,यसको शरीर खैरौ रंगमा सेतो सेतो थोप्ला वा कालो रंगमा सेतो सेतो थोप्ला भएको हुन्छ । यो बाख्रा हेर्दा जमुनापारी जस्तै हुन्छ तर यसको उचाई लम्वाई जमुनापारीको भन्दा सानो हुन्छ । नाक उठेको हुन्छ । कानको लम्वाई र नाकको उचाई जमुनापारी भन्दा कम हुन्छ । सींज नाहीर तथा पछाडी पट्टी घुमेको हुन्छ । व्यस्क खसीबोकाको तौल ५५ —६५ किलो ग्राम तथा बाख्रीकोबब ४४—४५ किलो ग्राम हुन्छ ।

यसका पाठा पाठी जन्मने बेलामा २.५—३० किलो ग्राम तौलका हुन्छन । तीघ्राको पछाडी भागमा कम वाक्लो रौ हुन्छ । यस जातका वाख्राले सालातमा पाठी जन्माउछन तथा ६० प्रतिशतले एउटा मात्र पाठा पाठी जन्माउछन् । यस प्रजातीका बोकाहरु अन्य साना तथा मझौला आकारका स्थानीय प्रजातीका बाख्राहरुको नश्ल सुधार गर्न प्रयोग गराइन्छ ।

बीटल प्रजातीका बाख्रा सबै खाले जलवायु क्षेत्रकालागि उपयुक्त मानिन्छ । कुनै दुइजात का बोका तथा बाख्राको संयोगले उत्पन्न बाख्रालाई बर्णशंकर वाख्रा भनिन्छ । विरलजातको संयोगले उत्पादित पाठा को तौल ६ महिनामा १२—१५ किलो ग्राम हुन्छ । जवकी स्थानीय प्रजातीको बोकाले बालीको लागि जन्मेको पाठाको तौल ७—८ किलो ग्राम मात्र हुन्छ । यस प्रकारले बाख्रा पालनवाट हुने आयमा डेढ देखि दुइगुण बृद्धि सम्भव हुन सक्छ । बर्णशंकर बाख्र्राहरुको दुध उत्पादन क्षमता स्थानीय वाख्रा भन्दा तीन गुण बढी हुन्छ ।

यदि शारीरिक वजन ठिक भएको अवश्यमा पाठीलाई ८—१० महिनामा वोका लगाइ बाली लगाउनन सकिन्छ । अन्य १२ महिनाको उमेश पुगे पछि पाठीमा भृतुचक्र एवं कृतुकाल छोटाृ हुन्छ । त्यसो त बाख्रीमा त्रृतांचक्र करीब १८—२० दिनको एवं ऋृतुकाल ३६ घण्टाको हुने गर्दछ । बाख्रीहरु बर्षेभरी बाली खोज्दछन तर प्रायः जसो बाख्रीहरु मध्ये असोज कार्तिक र मध्य बैशाखमा गर्भाधारण गर्दछन । ऋतुकाल शुरु भएका १०—१२ र २४— ३६ घण्टाको बीचमा २ पटक वोका लगाएर बाली लगाउँदा गर्भ रहने सम्भावना ९० प्रतिशत हुन्छ । यदि वाख्रा पाठीले विहान बोका संग बाली लगाउनु पर्दछ । यदि साँझ वाली खोजे अर्को दिन विहान र साँझवाली लगाउनु उचीत हुन्छ । – डा केदार कार्की

प्रकाशित मिति: सोमवार, माघ २६, २०७७