शुक्रबार, चैत्र १६, २०८०

सचिवले भने अनुदान लिनेले सेवा देऊ

Jaymukund khanal-2कञ्चनपुर, २३ कार्तिक । सरकारी अनुदान प्राप्त गरेर सञ्चालनमा आएका कृषि उद्योगहरुलाई नागरिकहरुलाई अनुदान अनुसारको सेवा दिन कृषि सचिव जयमुकुन्द खनालले आग्रह गरेका छन् । कञ्चनपुरमा रहेको पाठक डेरी इन्डष्ट्रिजको दुग्ध प्रशोधन भवन उद्घाटन गर्दै सचिव खनालले सो कुरा बताएका हुन् ।
नागरिकको करबाट सरकारले दिने अनुदान हिनामिना गर्न नहुने भन्दै अनुदान लिनेले नागरिकप्रति उत्तरदायी हुनुपर्नेमा समेत सचिव खनालले जोड दिए ।
व्यवसायिक कृषि तथा व्यापार आयोजनाको करिव ३९ लाख आर्थिक सहयोगमा निर्माण भएको सो दुग्ध प्रशोधन केन्द्रको उद्घाटनका क्रममा सचिव खनालले अनुदान प्राप्त उद्योगहरुले गुणस्तरमा ध्यान दिन समेत आग्रह गरे ।
सोही क्रममा सचिव खनालले दुग्ध उत्पादनका लागि मन्त्रालयले ७५ जिल्लामै कृत्रिम गर्भाधान अभियान सञ्चालन गरेको जानकारी दिँदै कृत्रिम गर्भाधानबाट उत्पादन बढिरहेकोसमेत दाबी गरेका थिए ।

प्रकाशित मिति: आइतवार, कार्तिक २३, २०७१