सोमवार, अशोज ४, २०७८

कृषि पेशामा आधारित भएर जीवनयापन गरिरहेका नेपालीहरुले थुप्रै समस्याहरुसँग जुध्नुपर्ने बाध्यता

–आशिष गौतम, कृषिमा बालीजन्य र पशुजन्य उत्पादन गर्नु भनेको कृषि हो । खेत वा बारिमा अन्न रोपी त्यसलाई गोडमेल गरेर अन्न उब्जाउने कार्य, पशुपालन, बाली उत्पादन, माछापालन र अन्य जीवजन्तुको खेती वा पालन यस अन्तर्गत पर्दछनर । खेतीपाती गरेर जीविकोणर्जन गर्ने समाजलाई कुषि समाज भनिन्छ । नेपाल पनि एक कुषि प्रधान देश हो । नेपालको ६६ प्रतिशत जनसङ्ख्या प्रत्येक्ष वा अप्रत्येक्ष रुपमा कृषि पेशमा लागेको छन् । देशको कुल ग्राहस्य उत्पादनको लगभग ३३ प्रतिशत भाग कृषिले ओगटेको छ ।
नेपाल एउटा भौगोलिक दृष्टिकोणले हेर्दा सानो देश हो तर हावापानीको हिसाबले भने ठाउँ अनुसार विविधतापूर्ण भएको देश हो । यहाँ ठाउँ अनुसार हावापानी विविधता पाइन्छ । जसले गर्दा ठाँउ अनुसारकै कृषि उपजहरु उत्पादन हुन्छन् । जसले गर्दा कुनै एक क्षेत्रमा उत्पादन हुने मौसमी उपज र कुनै ठाउँमा बेमौसमी वा अनौठो हुन स्क्छ । जसले गर्दा आर्थिक आम्दानीका साथै मानिसलाई आफ्नो जीविकोपार्जन गर्न महत्वपूर्ण भूमिका सार्थ सहयोग पुग्दछ ।
नेपाल सानो देश भएता पनि धेरै कृषि क्षेत्रका लागि सम्भाव्यता भएको विशवमा नै पहिलो हो । जहाँ उच्च हिमाली भेगमा पशुपालन, पहाडी भेगमा फलफूल खेती र तराई भेगमा खाद्यन्न उत्पादन हुन्छ । यति हुँदा हुँदै पनि कुल जनसङ्ख्याको ६६ प्रतिशत जनता कृषि पेशमा लागेर पनि देशलाई आत्मनिर्भर बनाउन सकेका छैनौ, ”बिडम्बना” ! यसमा दोषी को ? तपाईँ, हामी कि सरकार ? जबकी अमेरिकामा २ प्रतिशत जनता कृषि पेशामा लागेर देशलाई आत्मनिर्भर बनाई निर्यात समेत गर्दछन् तर हामी भने अझै परम्परागत तरिकाले दुःखको पेशाको रुपमा कृषिलाई स्थापित गर्दैछौ । कमजोरी हामीमा हैन हाम्रो कृषि प्रधान र सीचाईमा आत्मनिर्भर छ । हाम्रो देश विश्वकै दोस्रो जलस्रोतको धनी देश, नेपाल, तर खै उपलब्धि ?
परम्परा काल देखि मुलुकमा आर्थिक एवंम सामाजिक विकास मार्फत् राष्ट्रनिर्माण गर्न गहन जिम्मेवारी बोकेका नेपाली किसानहरु असंगठीत भएकै कारण राज्यको मुलधारमा आउन नसकेको सन्दर्भ जग जाहेर छ । आम नागरिकले सांस्कृतिकरुपमा अवलम्बन गर्दै आएको नेपाली कृषिको आफ्नै विशिष्ट पहिचान रहेको छ । यति हुँदै गर्दा पनि नेपाली कृषिको वर्तमान अवस्था सन्तोषजनक छैन र भविष्य पनि अन्योलग्रस्त नै देखिन्छ । विभिन्न संघसंस्थाहरुले खाद्य तथा पोषण सुरक्षा, खाद्य, अधिकार र खाद्य संप्रभुतिको लागि किसान सचेतीकरण गर्दै कृषि पेशालाई सम्मानित पेशाका रुपमा पहिचान गराउन, देशलाई आत्मनिर्भर बनाई निर्यातक देश स्थापित गराउन, गरिबी न्युनिकरण साथै समुदायको आर्थिक, सामाजिक विकासका निमित्त योगदान पु¥याउन र कृषिका समूहको लक्ष्यका साथ अघि बढि रहे पनि त्यो अहिले निर्मुल हुन सकेको छैन ।
कृषिका महत्वहरु :
क) खाद्य सुरक्षा : पर्याप्त मात्रामा खाद्यान्नको उत्पादन मार्फत् आत्मनिर्भर भई खाद्य सुरक्षा कायम गर्न सकिने ।
ख) आर्थिक वृद्धि : उच्च मूल्यका कृषि उत्पादन र निर्यात मार्फत्, आर्थिक वृद्धि गर्न सकिने ।
ग) आयात र व्यापार घाटा न्युनिकरण : कृषिमा उत्पादन अधिक मात्रामा गर्दा आयात साथै व्यापार घाटामा पनि न्युनिकरण गर्न सकिने ।
घ) आत्मनिर्भरता : युवालाई कृषिमा आकर्षित गरी विदेश पलायनबाट निरुत्साहित गर्न सकिने, स्वाधिन अर्थतन्त्रको निर्माण ।
ङ) स्वास्थ्य समाज र राष्ट्रको निर्माण : पौष्टिक ताजा फलफूल, गेडागुडी, तरकारी उत्पादन र प्रयोगबाट स्वस्थ्य समाज र राष्ट्रको निर्माण ।

कृषि उत्पादनमा देखापरेका समस्याहरु र यसलाई स्रमाधान गर्ने उपायहरु विविधता, प्राकृतिक सम्पदा, विविध धर्म, जाति, कला र संस्कृतिको धनी नेपाल, त्यसमा पनि लगभग ६६ प्रतिशत जनसंख्या कृषि पेशामा आधारित भएर जीवनयापन गरिरहेका नेपालीहरुले कृषि क्षेत्रमा थुप्रै समस्याहरुसँग जुध्नुपरेको छ । खेती गर्ने तरिका, मल, विषादी, उपचार विधि जस्ता सामान्य ज्ञानको कमीले गर्दा उही पुरानो परम्परागत शैलीमा खेती गर्न नेपालीहरु बाध्य छन् । यस्ता समस्याले गर्दा विविध कठिनाईहरु भोग्नुपर्ने अवस्था छ । कृषि क्षेत्रमा देखिएका यस्ता समस्या पहिचान र समाधानका लागि कृषि सम्बन्धि सरोकावाला निकायको भुमिका निकै महत्वपूर्ण हुन्छ । यसले कृषि सम्बन्धि शिक्षा तथा गुणस्तर वृद्धि गर्न प्रत्यक्ष, अप्रत्यक्ष रुपमा भूमिका निर्वाह गर्ने कार्यक्रमहरु सञ्चालन गर्नु आवश्यक छ ।

जबसम्म कृषि प्रचार तथा प्रवाद्र्धन गर्न बलियो संरचना निर्माण र कार्यन्वयन हुदैन तबसम्म कृषि विकासका सबै रणनीतिहरु असफल हुन जान्छन् । साथै कृषि क्षेत्रमा आधुनिक मेसिनहरुको प्रयोग गरी कृषि क्षेत्रमा ठूलो फडको मार्न सकिन्छ । साथै कृषि मल तथा बिउबिजन राम्रो उपलब्ध गराउने र कृषि उत्पादनका लागि राम्रो बजार व्यवस्थापन हुनु अत्यावश्यक छ । त्यसैगरी साना हाटबजार, कृषि उत्पादन व्यवस्थापनको लागि सडक निर्माण, कृषकहरुका लागि विभिन्न कृषि तालिमले कृषि प्रणालीमा विद्यमान समस्या हटाउन टेवा पु¥याउँछ । यस्ता समस्याहरुको बेलैमा उचित सम्बोधनसहित सम्भावनाहरुको उच्चतम सहयोग गरी कृषि क्षेत्रलाई आधुनिक व्यवसायिक र रोजगारमूलक बनाई देशलाई सहज तुल्यायनु आजको आवश्यकता हो ।
अब परम्परागत तरिकाबाट नभाई आधुनिक तरिकाबाट खेती गर्ने र निर्वाहमुखी खेती नभई व्यवसायिक खेती गर्नुपर्दछ । कृषि क्षेत्रमा भएका सम्भावनाहरुलाई निरन्तर रुपमा प्राथमिकता दिदै विकासका लागि हामी सबै मिलेर हातेमालो गर्दै अगाडि बढ्नुपर्छ ।

प्रकाशित मिति: बुधबार, बैशाख १०, २०७७