शुक्रबार, चैत्र १६, २०८०

प्रविधितर्फ कृषक आकर्षित

harvesterवीरगन्ज, २५ मंसिर । कृषि उत्पादनका लागि प्रसिद्ध मानिएका मध्य तराईका बारा, पर्सा र रौतहटका कृषकले यतिखेर धान भित्र्याउन नया“ यान्त्रिक प्रविधि (उपकरण)को प्रयोग गर्न थालेका छन् ।
नया“ यान्त्रिक प्रविधि (कम्बाइन हार्भेष्टर) ले धान भित्र्याउ“दा समय, श्रम र लागतमा बचत हुने भएकाले यसतर्फ कृषक आकर्षित भएका हुन् । धान काट्ने, केलाउने र परालको व्यवस्थापन एकैपटक गर्ने भएकाले यस क्षेत्रमा यो प्रविधिको प्रयोगमा उल्लेखनीय वृद्धि भएको हो ।
कृषि मजदुरको समस्याबाट पीडित हुने गरेका यस भेगका कृषकले समयमा धान भित्र्याउन नसक्दा थप नोक्सानी व्यहोरिरहेका थिए । कम्बाइन हार्भेष्टरको प्रयोगले यो समस्याको निराकरण गर्ने भएकाले यसको प्रयोगमा आफूहरू उत्साहित भएको कृषक बताउ“छन् ।
धान पाकेपछि त्यसको व्यवस्थापनमा ठूलो जनशक्तिको आवश्यकता पर्ने, धेरै समय र लागत लाग्ने तथा कृषि श्रमिकको अभावमा समयमा धान भित्र्याउन नसक्दा त्यस जमिन गहु“ लगाउनसमेत ढिलो भई त्यसको उत्पादनमा प्रतिकूल प्रभाव पर्ने गर्दथ्यो ।
“अहिले गाउ“मै कम्वाइन हार्भेष्टर मेसिन भित्रिएपछि कम लागतमा समयमै कृषि कार्य गर्न सजिलो भएको छ,” पर्सा बिजबनिया“ कृषक जयकिशोर यादव भन्छन् ।, “परम्परागत तरिकाभन्दा यो प्रविधिले धान भित्र्याउ“दा लाग्ने खर्चमा लगभग दुई तिहाई बचत, श्रम र श्रमिकको बचत तथा समयमा धान भित्र्याउन सकिन्छ ।
भाडामा लिएर गत वर्ष करिब तीन बिगाहामा जग्गामा यो मेसिनको प्रयोगले धान भित्र्याउन पाउ“दा परम्परागत तरिकाभन्दा झन्डै २५ प्रतिशत लागतमा कमी आएको उनले बताए ।
परम्परागत तरिकाले धान भित्र्याउ“दा प्रतिबिघा रु १८ देखि २० हजार खर्च लाग्ने गरेकामा कम्वाइन हार्भेष्टर मेसिनवाट धान भित्र्याउ“दा प्रतिबिघा रु पाँच हजारमात्र खर्च लाग्ने गरेका छन् । यसले धान भित्र्याउन लाग्ने खर्चमा उल्लेखनीय कमी आएको उनको दाबी छ ।

प्रकाशित मिति: बिहिबार, मंसिर २५, २०७१