बुधबार, अशोज १२, २०७९

नेपाल असल कृषि अभ्यास के हो ? किन जरुरी छ ?

नेपाल सन् 2004 मा विश्व व्यापार संगठन (WTO) को सदस्य भयो । यससँगै WTO सबै बहुपक्षिय सम्झौताहरुमा नेपाल पक्ष राष्ट्र भयो । ती सम्झौताहरु मध्ये कृषि क्षेत्रलाई सोझौ प्रभाव पार्ने दुइ सम्झौताहरु छन् – १ )  कृषि सम्झौता (Agreement on Agriculture/AoA) र २। स्वस्थता तथा स्वच्छता सम्बन्धि सम्झौता (Agreement on Sanitary and Phytosanitary Measures/SPS) छन् । SPS सम्झौताले सबै देशलाई वैज्ञानिक तवरले खाद्य, विरुवा तथा जनवारहरुको व्यापार नियमन गर्नको लागि विभिन्न मापदण्डहरु तयार गर्ने अधिकार सुरक्षित गरेको छ । विश्व भूमण्डलिकरणले गर्दा कृषि तथा पशु बस्तुहरुको व्यापार तथा पारवहनमा व्यापकता ल्याएको छ । यससँगै विभिन्न देशमा खाद्य सम्बन्धि महामारीहरु फैलने गरेका छन् । विश्व स्वास्थ संगठनका अनुसार विश्व भर वार्षिक रुपमा असुरक्षित खानाबाट व्याक्ट्यारिया, भाइरस, परिजिविहरु तथा विभिन्न रसायनहरुको संक्रमण भइ 200 भन्दा ज्यादा रोगहरु लग्ने गरेको छ । यसका कारण 60 करोड विरामी प्रति वर्ष अस्वच्छ खाना खाएकै कारण हुन्छ जसमा 1 लाख 25 हजार जना छ वर्ष मुनीका बालबालिकाले ज्यान गुमाउने गरेका छन् ।
उत्पादनदेखि भान्छासम्म कृषि उपज आइपुग्दा विभिन्न अवस्थामा खानामा संक्रमण भइ खाने कुराहरु असुरक्षित भइरहेका छन् । यसका साथै, कृषिमा विषादी लगाएको रसायनको प्रयोगबाट कृषक स्वयम, उसको वातावरण, कृषि पद्दति र उपभोक्ता सबैलाई गम्भीर असर परिरहेको छ । यस्ता असरलाई न्यूनिकरण गर्न र स्वच्छ खाद्यान्न उपादन(बजारिकरणका साथै दीगो कृषिलाई बढावा दिन असल कृषि अभ्यास सुरु भएको पाइन्छ ।
सर्वप्रथम सन् 1999 मा फ्रान्सको पेरिसमा 17 जना खुद्रा व्यापारीहरु भेला भइ खाद्य श्रृखलालाई सुरक्षित बनाउन असल कृषि अभ्यास बनाई लागु गराउने निर्णय गरी युरेपग्याप सुरु गरेका थिए – जुन आज विश्वभर Global GAP का रुपमा चिनिन्छ । सन् 2003 को संयुक्त राष्ट्रसंघिय खाद्य तथा कृषि संगठन FAO को कृषि समितिमा असल कृषि अभ्यासलाई अबको कृषि विकासको मोडलको रुपमा लग्ने निर्णय भयो र सोही अनुरुप FAO को अग्रसरता तथा प्राविधिक सहयोगमा विभिन्न देश तथा क्षेत्रहरुमा असल कृषि अभ्यासको सुरुवात तथा प्रबर्द्धन भइरहेको छ ।
असल कृषि अभ्यास स्वच्छ खाद्यान्न उत्पादन गर्ने र दीगो कृषिको प्रबर्द्धन गर्ने मात्र नभइ एक व्यापार अश्त्रका रुपमा पनि विकास भएको छ । विश्वका विभिन्न देश तथा बजारहरुमा असल कृषि अभ्यास विनाका कृषि उपजहरु विक्रि वितरण नगर्ने वा त्यस्तालाई कम मूल्य तथा महत्व दिने गरेका छन् । असल कृषि अभ्यास भनेको राम्रोसँग खेति गर्नु मात्र नभइ प्रमाणिकरण नै गरेर लोगो लागाई बजारिकरण गर्ने पद्दति हो । यो असल कृषि अभ्यास र प्रांगारिक खेति वा IPM उत्पादन लागाएतसँग मानिसहरु झुक्कने गरेको वा यस प्रतिको बुझाइमा फरक रहेको पाइन्छ ।
प्रांगारिक खेतिले खेति गर्दा रसायनको प्रयोगमा प्रतिबन्द गर्दछ तर यसले उत्पादित बस्तु खान स्वच्छ छ र छैन भन्न सक्दैन । त्यतिमात्र नभइ यसले कृषकको सामाजिक तथा आर्थिक पक्षलाई छुन सकेको छैन । क्ष्एः ले रसायनको प्रयोग बन्देज गर्दैन तर विषादीको सुरक्षित प्रयोगमा जोड दिन्छ । तर खाद्यान्नमा संक्रमण विषादीको मात्र हुदैन । अत यसले अन्य पक्षलाई समेट्दैन ।
असल कृषि अभ्यास भनेको वृहत खाद्य प्रणाली हो जसले कृषि उत्पादनलाई सुरक्षित मात्र गर्दैन कि यसले वातावरण, उत्पादनको गुणस्तर, कामदारको सुरक्षा स्वास्थ तथा कल्याण सबै पक्षलाई समेटी स्वच्छ खाद्यान्नको सुनिश्चितता गर्दछ ।
नेपालमा असल कृषि अभ्यासको चर्चा परिचर्चा हुन थालेको करिव दशक मात्र हुन थालेको छ । तर, सन् 2014 सम्म पनि नेपालमा असल कृषि अभ्यासलाई उत्पादन प्रविधिसँग मात्र जोडेर हेरिन्थो । जुन अस्पष्टता आजसम्म पनि धेरै मानिसहरुमा व्याप्त नै छ । Good Agriculture Practice लाई न्ययम Good Package of Practice को रुपमा मात्र बुझिएको । Good Package of Practice भन्नाले उत्पादन प्रविधिको समुचित प्रयोग मात्र हो । यसै बुझाइ अनुरुप सन् 2011 तिर विभिन्न परियोजनाहरुले विभिन्न पुस्तिकाहरु प्रकाशन गरेका थिए ।
यसप्रकार छिरलिएर कार्यक्रमहरु हुँदा गुणस्तरमा त समस्या पर्यो नै यसले विरोधाभास नै सृजना गर्ने सम्म देखिए पश्चात मिति 2070/07/04 गते कृषि तथा पशुपन्छी विकास मन्त्रालय ९तत्कालिन कृषि विकास मन्त्रालयका सचिवको अध्यक्षतामा रहेको SPS Coordination Committee ले तत्कालिन मन्त्रालयको कृषि व्यवसाय प्रबर्द्धन तथा तथ्यांक महाशाखाले यसको संयोजन गर्ने र सबैमा एक रुपमा ल्याउन एकद्वार नीति अबलम्बन गर्ने निर्णय गर्यो । सोही अनुरुप मिति2071 बैसाख 4 गते गोरखापत्र दैनिकमा एक सुचना जारी गरी दुग्ध जन्य पदार्थ तथा माछाबाट असल कृषि अभ्यास सुरु गर्न प्रस्ताव आह्वान गर्यो । तर, त्यस बखत यो तयार हुन सकेन ।
तत् पश्चात विभिन्न चरणमा छलफल पहलहरु भइरहे । यसै बखत PACT ले GAP नाम दिएर विभिन्न बालीहरुको Good Package of Practice तयार गरेको थियो । यसलाई आधार मानेर अगाडी बढ्न विभिन्न चरण छलफल पनि भयो तर पद्दति तयार भएन । यसै बीच सन् 2014 मा संयुक्त राष्ट्रसंघीय कृषि तथा खाद्य सगठन FAO को एक क्षेत्रिय प्राविधिक सहयोग परियोजना TCP मार्फत सार्क क्षेत्रमा असल कृषि अभ्यास पद्दती लागु गर्न सहयोग गर्ने गरि परियोजना लागु भयो र नेपाल सहित भुटान, बंगलादेश र माल्दिभसमा यो परियोजना लागु भयो ।
यस परियोना अन्तर्गत  FAO  को प्राविधिक सहयोगमा नेपालमा नेपाल असल कृषि अभ्यासको पद्दति संस्थागत भयो । तर, यस परियोजना अगाबै तत्कालिन कृषि विकास मन्त्रालयमा असल कृषि अभ्यास निर्देशन समिति, प्राविधिक समिति र प्राविधिक उपसमितिहरु गठन भइ सकेका थिए । नेपाल असल कृषि अभ्यासको लोगो पनि तयार भएको थियो । तर, यस पद्दतिलाई लागु गर्न कानुनी आधार आवश्यक पर्ने भएकोले नेपाल असल कृषि अभ्यास कार्यान्वयन निर्देशिका तयार गरी मिति 2072/07/16 मा निर्णयार्थ प्रकृया शुरु भएता पनि लामो समयसम्म यसले तार्किक निश्कर्षमा पुग्न सकेन ।
यस नयाँ सरकार गठन भए पशश्चात माननीय मन्त्रीज्यू तथा माननीय राज्यमन्त्रीज्यूको प्राथमिकतामा खाद्य स्वच्छता भएसँगै कृषि सचिव पनि असल कृषि अभ्यासलाई अबको विकल्पको रुपमा ग्रहण गरेसँगै मिति 2075/03/28  गते  अध्यक्षतमा बसेको असल कृषि अभ्यास निर्देशन समितिको बैठकले यस उक्त निर्देशिकालाई यथाशीघ्र आवश्यक संशोधन सहित पेश गर्ने निर्णय भयो र सोही अनुररुपमा विभिन्न सरोकारवाला निकायहरु बीच थप छलफल र आवश्यक परिमार्जन सहित मिति 2075/04/29  मा पुनः निर्णयार्थ पेश भयो जुन मिति 2075/06/19 गते  कृषि तथा पशु पन्छी विकास मन्त्रीबाट सदर भएको छ ।
नेपाल असल कृषि अभ्यासमा पाँचवटा मोड्युलहरु रहेका छन् – १. खाद्य स्वच्छता मोड्युल 2) वातावरण व्यवस्थापन मोड्युल 3। उपजको गुणस्तर मोड्युल 4। कामदारको सुरक्षा तथा कल्याण मोड्युल र ५। नियमहरु सम्बन्धि मोड्युल छन् ।
हाललाई खाद्य तथा गुण नियन्त्रण विभागलाई प्रमाणिकरण अंगको रुपमा तोकिएको छ । आवश्यक मापदण्ड पुगेका नीति तथा गैरसरकारी निकायहरु पनि नेपाल असल कृषि अभ्यासको प्रमाणिकरण अंग हुन सक्दछन् ।
प्रांगारिक खेतिको प्रमाणिकरण गर्न कृषकहरुले लाखै तिरिरहनु परेको जनगुनासो व्याप्त भएको हालको अवस्थामा ईच्छुक कृषकले नेपाल असल कृषि अभ्यास लागु गर्न आवदन दिएमा हालको लागि नेपाल सरकारले सबै खर्च वहन गरी कृषकलाई निशुल्क प्रमाणिकरण गरी लोगो तथा प्रमाणपत्र प्रदान गर्ने निर्णय भएको छ ।
नेपाल असल कृषि अभ्यास लागु भएमा नेपालको कृषिलाई मात्र सहयोग नपुगि होटल व्यवसाय, पर्यटन व्यवसाय, आम उपभोक्ता लगायत समग्र अर्थतन्त्रलाई नै मद्दत पुग्ने देखिन्छ । जुन हामीसँगै असल कृषि अभ्यास सुरु गरेको माल्दिभसले प्रमाणित गरिसकेको छ ।
अतः यसको सफल कार्यान्वयनको लागि नेपाल सरकार कृषि तथा पशु पन्छी विकास मन्त्रालय मात्र नभइ उद्योगी, व्यापारी, व्यवसायी तथा आम उपभोक्ताले आफ्नो आफ्नो स्थानबाट यसलाई सहयोग गर्न जरुरी छ । –अरुण जीसी

प्रकाशित मिति: मङ्लबार, मंसिर १८, २०७५