शुक्रबार, बैशाख ७, २०८१

बेच्ने कि फर्काउने खसी वोका

13

काठमाडौं,१६ असोज । आज विजया दशमीको आठौं दिन घर घरमा महाअष्टमीको पूजा अर्चना गर्देै मनाईदै छ । पशुपालन गरिरहेको धेरै किसानहरुले यही आजकै दिन लाईलक्षित भेडा बाख्रा पालन गर्नेहरुका लागि कति त शुभ नै भएको देखिन्छ भने कतिका लागि त जति खसी वोका विक्री हुनु पर्ने थियो त्यत्ति नविकेर हैरानी पनि भएका छन् । यद्यपी विचौलिया मार्फत नभई सिंधै भेडा, खसी, वोका तथा च्याङग्रा विक्री गर्न काठमाडौं आईपुगेकाहरुलाई भने चौपट बनाएको बताउँछन् ।
काठमाडौंको प्रर्दशनी मार्ग स्थित पद्मोदय मोडदेखि महेन्द्र पुलिस क्लवसम्म पशु विक्रीका लागि आएका किसान व्यापारीहरु कति त बेचेर घर फर्किसके भने कति किसानहरु अझै पनि दर्जनभन्दा बढी खसी वोका सडक कै पेटीमा राखेर निदाई रहेका छन् ।
सरकारले खाद्य संस्थान मार्फत खसी वोका विक्री गर्ने भनेको भएपनि निश्चित खसी वोका विक्री गरेपछि खाद्य संस्थान सुनसान रहेको छ । अर्कोतिर व्यवस्थित बजार नहुँदा र मूल्यमा एकरुपता नहुँदा उपभोक्ता त मारमा परेका छन् नै, किसानहरु पनि आजबाट अन्योलमा परेका देखिन्छन् ।
काभ्रेबाट तीन दर्जन खसी विक्रीका लागि आएका रामकृष्ण दाहाल विक्री नभएका एक दर्जन भन्दा बढी खसी वोका बेलुकासम्म पनि विक्री नभए विचौलियाकै दरमा बेचेर हिड्न मनस्थितिमा रहेको बताउँछन् । दशैं त मनाउन प¥यो नि उनको तर्क रहेको छ । दाहाल जस्तै धेरै किसानहरु खसी वोका लिएर जाने की सस्तोमा नै भए पनि बेचेर जाने अन्योलमा देखिन्छन् ।– शिव पाण्डे,

प्रकाशित मिति: बिहिबार, अशोज १६, २०७१