बिहिबार, चैत्र १५, २०८०

किसानलाई अवैध भन्ने बैंकर्सलाई चेतावनी

upendra-paudelचितवन मंसिर,१ । किसानहरु अवैध भएकाले राष्ट्रबैकले निर्देशन दि“दैमा आफूहरुले ऋण प्रवाह नगर्ने धारणा बैकर्स एशोसिएसनका उपाध्यक्षले सार्वजनिक गरेको भन्दै व्यवसायिक दुग्ध उत्पादक कृषक समाजले प्रेस विज्ञप्ति मार्फत आपत्ति जनाएको छ । समाजका अध्यक्ष आनन्द न्यूरेले बैकर्स एशोसिएसनको उपाध्यक्ष उपेन्द्र पौडेलले कृषि पेशा किसान दुवै अवैध भएकोले कृषि ऋण दिन नसकिने अभिव्यक्ति दिएकाले सो अभिव्यक्ति फिर्ता लिन चेतावनी दिएका छन्  । कृषि साप्ताहिकसँग कुरा गर्र्दै न्यूरेले उपाध्यक्ष जस्तो पदमा बसेर किसानहरुलाई अवैध भन्ने उपाध्यक्षले माफी नमागे उनी विरुद्ध लाग्न आफ्नो संस्थाका किसान जस्तो सुकै परिस्थितिमा भएपनि आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।
समाजका अध्यक्ष आनन्द न्यूरेले त्यही किसानको नगद संकलन गरेर किसानको रगत पसीनाको कमाईमा मोज गर्ने वैकर्स पौडेलले हिजोका आफ्नो पुस्ता यही कृषि क्षेत्रबाट नै आएको बिर्सेर किसानहरुलाई के आधारमा अवैध बनेका हुन् स्पष्ट पार्नु पर्ने समेत बताएका छन् । सामन्ती सोचमा प्रस्तुत भएका पौडेललाई किसानप्रति सम्वेदनशील हुन आग्रह गर्दै किसानलाई ऋण दिने विषयलाई लिएर कृषि क्षेत्र र किसानलाई नै अवैध भन्ने हैसियत नभएले संवेदनशील रुपमा प्रस्तुत हुन आग्रह समेत गरेका छन् । पौडेलको भनाईप्रति चितवनका किसानहरु आन्दोलनको तयारीमा जुटेपछि पौडेलस“ग सम्पर्क गर्दा उनले आफू पत्रकारहरुस“ग यस बिषयमा नबोल्ने बताए ।

प्रकाशित मिति: आइतवार, कार्तिक ३०, २०७१