आइतवार, जेष्ठ ८, २०७९

कृषि पत्रकार समाज रुपन्देही शाखामा खनाल

बुटवल, चैत । कृषि पत्रकार समाज, नेपालले रुपन्देहीमा जिल्ला शाखा विस्तार गरेको छ । रुपन्देहीमा क्रियाशिल कृषि पत्रकारहरुको भेलाबाट बुटवल टुडे दैनिकका बरिष्ठ संवाददाता कृष्ण खनालको अध्यक्षतामा रुपन्देही शाखा गठन भएको हो ।
शनिबार बुटवलमा भएको भेलाबाट उपाध्यक्षमा कान्तिपुर टेलिभिजनमा आवद्ध भुवन पाण्डे र महिला उपाध्यक्षमा बुटवल एफएमकी रेनुका गिरीलाई चयन भएकी छिन् । यस्तै सचिवमा लुम्बिनी टेलिभिजन र जनता टेलिभिजनमा कार्यरत विकास पराजुली, सह सचिवमा रेडियो मुक्तिकी मिना पाण्डे(अस्मिना), कोषाध्यक्षमा सत्यदिप सन्देशका बसन्तराज बराल चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यमा कपिल ज्ञवाली, दिनेश कुमार श्रेष्ठ, मिना पौडेल, झविन्द्र देबकोटा, गणेश बेल्बासे, हिक्मत चौधरी, प्रदिप आचार्य, कपिल अधिकारी, नविन घिमिरे चयन भएका हुन ।
शााखा गठन पश्चात कार्यसमितिले विश्वास ढकाल, मनोरञ्जन शर्मा, त्रिलोचन दाहाल, यमलाल भुषाल र भगवती पाण्डेलाई सल्लाहकारको रुपमा चयन गरेको छ । यस्तै साधारण सदस्ययहरुमा प्रकाश खनाल, लक्ष्मण पोखरेल, विनोद परियार, चण्डी बस्याल, विमल तिवारी, प्रकाश आचार्य, सुरेश परियार, सुदिप भण्डारी, टंक सुनार, आशिष चौधरी, गौरव खनाल, पुनहरी बेल्बासे, विरेन्द्र कुँवर, पुजा पन्थी , प्रकाश पाण्डे, मोहन न्यौपाने र ललित पाण्डे रहेका छन् ।
भेलालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले कृषि क्षेत्र नेपालको सबैभन्दा बढि आर्थिक क्षेत्रमा योगदान पु¥याउने क्षेत्र भएको कारण यसमा सञ्चारकर्मीहरुको विशेष ध्यान जानुपर्ने धारणा राखेका थिए । उनले उर्जावान पत्रकारहरुको सक्रियतामा गठन गरिएको कृषि पत्रकार समाज रुपन्देही शाखाले आगामी दिनमा कृषिको क्षेत्रमा थप रचनात्मक कार्य गर्नेमा समेत अपेक्षा लिएका थिए ।
कार्यक्रममा प्रेस सेन्टर प्रदेश नम्बर ५ कोपाध्यक्ष रुद्रहरी कुँवर, प्रेस युनियन रुपन्देहीका सभापति विक्रम खड्का, प्रेस सेन्टर रुपन्देहीका उपाध्यक्ष गुनाराम घिमिरे, प्रगतिशिल पत्रकार संघका कोषाध्यक्ष विरेन्द्र कुँवर, नेपाल पत्रकार महासंघ रुपन्देहीका सह सचिव विनोद परियार लगायतले शाखाको प्रगतिका लागि शुभकामना दिएका थिए ।

प्रकाशित मिति: आइतवार, चैत्र २५, २०७४