शनिबार, जेष्ठ १२, २०८१

नेपालका कृषि बैज्ञानिकहरु एनजिओको खेताला भएको आरोप

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा प्रदेश कृषि मन्त्रालयमा कार्यरत उच्च कर्मचारी मात्र होइन कृषि पढेका कृषि बैज्ञानिकहरुलाई समेत अहिले विदेशी गैरसरकारी संस्थाहरुको खेताला बन्दै गरेको आरोप लागेको छ । नेपालको कृषि क्षेत्र दिनप्रतिदिन धरासायी वन्दै गईरहेको परिप्रेक्ष्यमा कृषि बैज्ञानिकहरुले किसानका पक्षमा भन्दा पनि तिनै गैरसरकारी संस्थाहरुको मिसनमा काम गरिरहेकाले उनीहरुलाई खेताला बनिरहेको आरोप लाग्दै आईहेको छ ।

संघीय कृषि विकास मन्त्रालयदेखि प्रदेश स्तरसम्म कृषि मन्त्रालयका उच्च कर्मचारीहरु आईएनजिओको कार्यक्रम भनेपछि मरिहत्ते गर्ने गरेका छन् । कार्यालय समयमा नेभेटिने कृषि बैज्ञानिक तथा कर्मचारीहरुालाई तारे होटलहरुमा भेट्न सकिन्छ ।

नेपाल कृषि क्षेत्रमा कति विदेशी गैरसरकारी संस्थाहरुले काम गरिरहेका छन् भन्ने कुराको तथ्यांक कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँगै नै छैन । तर पनि कृषिका गतिविधि भने तिनै मन्त्रालयमा समन्वय नभएका संस्थाहरुले गरिरहेका छन् सरकारी उच्च कर्मचारीहरु तिनै गैरकानूनी रुपमा काम गर्ने संस्थाहरुको कार्यक्रममा भाग लिन पुग्ने गरेको तथ्यहरु फेला परेका छन् ।

नेपालको कृषि क्षेत्रको विकासका लागि नेपाली किसानहरुको आवश्यकतामा आधारित कार्र्यक्रमहरु कार्यान्वयनमा आउनु पर्दछ नकी विदेशी दातृनिकायहरुले आफ्नो मिसनमा बनाइएका कार्यक्रमहरु !

नेपालमा भारत, चीन, कोरिया, जापान, युरोपियन युनियनदेखि अमेरिकासम्मा गैरसरकारी संस्थाहरुले कृषिमा काम गरिरहेका छन् । तर ती सस्थाहरुले कृषिको कुन क्षेत्रमा काम गरिरहेका छन् भन्ने कुरा कृषि मन्त्रालयलेसँग कुनै पनि लगत छैन ।

जव कृषिमा संकट पर्दछ त्यसपछि तिनै विदेशी गैरसरकारी संस्थामा ‘कन्सल्टेन्ट’का रुपमा काम गरिरहेका कृषि विज्ञ तथा बैज्ञानिकहरुले सरकारका विरुद्ध विष वमन गर्ने गरेको विगतले देखाएको छ ।

२०७३ सालतिर ‘अक्सफाम’ नामक अन्तर्राष्ट्रिय संस्थाले कृषि अनुदान तथा अन्य कार्यका अति भ्रष्टाचार हुने मन्त्रालय कृषि मन्त्रालय भएको प्रतिवेदन नै सार्वजनिक गरेको थियो ।

त्यसबेलाका कृषि सचिव उत्तम कुमार भट्टराईले सो प्रतिवदेनका बारेमा प्रतिक्रिया नै दिएका थिएनन् । विदेशी गैरसरकारी संस्थाहरुले जे भने पनि ठिक मान्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालय तिनै गैरसरकारी संस्थाको प्रयोगशाला कै रुपमा रहँदै आएको छ ।
कृषि विकास मन्त्रालयमा पदमा रहँदा तिनै गैरसरकारी संस्थाहरुलाई नेपालको कृषिका आन्तरिक सूचना दिने र जागिरे जीवनबाट अवकाश प्राप्त भएपछि कन्सल्टेण्टका रुपमा जागिर खान जाने प्रबृद्धिका कारण यो अवस्था आएको मात्र होइन आम नागरिकको बुझाई र खेतालाको आरोप पनि सहि नै हो ।
आफूलाई कृषि बैज्ञानिक भन्न रुचाउने कतिपय कृषि विज्ञहरु तिनै आईएनजिओको खेताल जस्तै गरी नेपाली कृषि र किसानको भन्दा पनि मिसनको वकालत गर्दै आईरहेको देखिन्छ । कृषि विकास मन्त्रालयाट अवकाश प्राप्त गरेका अधिकांश सहसचिव वा सचिवहरु विदेशी संघसंस्थामा नै कार्यरत रहेका छन् । पूर्व सचिवहरुनै हेर्ने हो भने कृषि सचिवबाट राजीनामा दिएर डा युवकध्वज जिसी एफएओमा बाली संरक्षण अधिकृतका रुपमा जागिर खाईरहेका छन् ।
त्यस्तै डा प्रभाकर पाठकले विश्व वैकको एउटा परियोजनामा नेपालका कार्यरत छन् । पशु सेवा विभाग, कृषि विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकहरु अवकाश पछि गैसरकारी संस्थामा जागिर जोडिने किसिमले निर्णयहरु गर्ने गर्दछ्न् ।

त्यस्तै सरकारी स्वामित्वमा रहेको कृषि अनुसन्धान परिषदमा कार्यरत बैज्ञानिकहरु सकेसम्म विदा नलिईकन नै अन्र्तराष्ट्रिय गैरसरकारी संस्थामा कन्सल्टेण्टका रुपमा काम गरिरहेको देख्न सकिन्छ । मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि महत्वपूर्ण भूमिका कृषि क्षेत्रको छ । तर त्यही कृषिका विज्ञ, बैज्ञानिक एवं उच्च कर्मचारीहरु भने मुलुकको लागि भन्दा पनि विदेशीको लागि खेतालाका रुपमा परिचालन हुनु दुभाग्र्यका कुरा भएको छ ।

विगत एकदेखि डेढदशकको अवस्थालाई हेर्ने हो भने कृषि विकास मन्त्रालय, कृषि अनुसन्धान परिषद्, कृषि विभाग, पशु सेवा विभाग लगायतका संस्थाका उच्च कर्मचारीले गरेका निर्णयहरु कै कारण देशको कृषि क्षेत्र तहननहस भएको छ ।

तालिम वा भ्रमणका नाममा ती गैरसरकारी संस्थाहरुले विदेश शयर गराउने भएका कारण पनि कर्मचारी खेताला वन्न लालायित देखिन्छन् ।
देशको कृषि क्षेत्रलाई तहसनहस गरेर आफ्नो व्यक्तिगत स्वार्थका लागि कार्यलयका नीति नियम विपरितका कार्य गर्ने विदेशी खेतालहरु भएसम्म मुलुकको कृषि क्षेत्रको प्रगति हुन्छ भन्नु मध्यरात सुर्यको चमक निकाल्छु भने जस्तै हो ।

प्रकाशित मिति: मङ्लबार, बैशाख ४, २०८१