बिहिबार, फाल्गुन १७, २०८०

कृषि सामग्री कम्पनीको प्रवन्ध सञ्चालकमा विष्णुप्रसाद पोखरेल नियुक्त

काठमाडौं । लामो समयदेखि रिक्त रहेको कृषि सामग्री कम्पनीको प्रवन्ध निर्देशक पदमा खुल्ला प्रतिष्पर्धाकाबाट कामु प्रवन्ध सञ्चालकको जिम्मेवारी सम्हालिरहेका विष्णु पोखरेले नियुक्त भएका छन् । कम्पनीको प्रवन्ध सञ्चालकका लागि खुल्ला प्रतिष्पर्धा मा ९ जनाले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये विभिन्न प्रस्तुतिकरण, कार्ययोजना लगायतका छलफलबाट प्रवन्ध निर्देशक पदका लागि पदपूर्ति समितिले ३ जनाको नाम कम्पनी सञ्चालक समितिको वोर्डलाई पेश गरेको थियो ।

विभिन्न विषयगत विज्ञहरु सम्मिलित सिफारिस भएका तीन जना मध्ये उत्कृष्ठ कार्ययोजना र नम्वर प्राप्त गरेका विष्णु पोखरेललाई विहिबारको बोर्डले प्रवन्ध सञ्चालक पदमा नियुक्ति गरेको हो । प्रवन्ध सञ्चालक नियुक्तिका लागि गत  पुस ३ गते सार्वजनिक सूचना जारी गरिएको थियो । सो पदका लागि पोखरेल सहित सोही कार्यालयमा कार्यरत निमित्त बनिसकेका राजेन्द्रबहादुर काकीले पनि आवेदन दिएका थिए ।

त्यस्तै खुल्ला प्रतिष्पर्धामा चन्द्रप्रसाद चम्लागाँइ, डोलिन्द्रप्रसाद शर्मा, भोजराज अधिकारी, रामचन्द्र ढकाल, शैलेन्द्रकुमार सुमन र हरिवंशले पनि आवेदन दिएका थिए । आवेदन दिएकाहरुले व्यवसायिक योजना प्रस्तुति लगायत पछि छनौट समिले विष्णुप्रसाद पोखरेल, भोजराज अधिकारी र रामचन्द्र ढकाल तीन जना सिफारिसमा परेको थिए । सिफारिस मध्ये अन्र्तवार्ताबाट पहिलो हुन सफल भएका विष्णुप्रसाद पोखरेललाई प्रवन्ध सञ्चालकमा नियुक्ति गरिएको हो ।

पोखरलेले २०५२ साल जेठ २१ गते कम्पनीमा शाखा अधिकृतका रुपमा सेवा प्रवेश गरेका उनले विभिन्न शाखा महाशाखा प्रमुखका रुपमा काम गरिसकेका छन् भने पछिल्लो समय कामु प्रवन्ध सञ्चालकका रुपमा कार्यरत थिए ।

प्रकाशित मिति: बिहिबार, माघ १८, २०८०