आइतवार, फाल्गुन २०, २०८०

कुखुराको खोर व्यवस्थापन कसरी गर्ने ?

कृषिजन्य वस्तुको व्यावसाय गर्दा हामी सामान्यतया ध्यान दिदैनौ, फल स्वरुप हामीले चाहेको जस्तो परिमाण पाउदैनौ । अन्ततः हामी त्यस व्यावसायबाट विस्तापित हुन्छौ । वास्तवममा भन्नुपर्दा कृषि पेशा साधरण पढेलेखेका वा गरिवले मात्रै गर्ने व्यावसाय पक्कै होइन । यो त एउटा टेक्निकल विषय हो । जहाँ पाईला पाईलामा ध्यान दिएन भने, दुःख पाईन्छ मात्रै होइन, घाटा पनि खाईन्छ ।

कुखुराको खोर वातावरणको अवस्थामा ध्यान दिएर निर्माण गर्नुपर्छ । खोर निर्माण गर्दा चिसो, तातो, हावा, पानीबाट रक्षा गर्ने हिसाबले बनाउनुपर्छ । कुखुरा रहेको ठाउँमा हावा जाने आउने ठाउँ हुनुपर्छ र बाह्य परभक्षीलाई रोक्ने खोर बनाउनुपर्छ । विभिन्न किसिमका खोरहरू आफूलाई अनुकूल हुने हिसाबले बनाउन सकिन्छ । जस्तै स् पक्की इँटाको गारो लगाएर तथा बाँसको चोयाले पनि बनाउन सकिन्छ ।

किसानलाई आर्थिक भार बढी लाग्ने खोरहरू पनि प्रचलनमा छन् । ती खोर एकपटक बनाएपछि वर्ष दिनसम्म टिक्ने हुन्छ । ९खोर निर्माण गर्दा यातायातको सुविधा, पानी, बत्तीको राम्रो आपूर्ति भएको, पानीको निकासा भएको, राम्रोसँग घाम लाग्ने, बजारको सुविधा भएको स्थान छनोट गर्नुपर्छ ।

९कुखुराको खोर निर्माण गर्दा पूर्व० पश्चिम दिशालाई खुला राख्नुपर्छ, जसले गर्दा सूर्यको प्रकाश खोरमा छिर्न सकोस् । ९सोत्तर प्रणालीमा कुखुरा पाल्दा ब्रोइलर कुखुरालाई १ वर्गफुट तथा लेयर्स कुखुरालाई २ वर्गफुट स्थानको आवश्यकता पर्छ । ९दुईतिरबाट जाली भएको हावाको निकास भएको खोर बनाउनुपर्छ ।०

कुखुरा पालनमा खोरको व्यवस्थापन एउटा महत्त्वपूर्ण अङ्ग हो । ब्रोइलर र लेयर्स कुखुरा पालन गर्दा एकदिने चल्ला छनोट गर्नुपर्छ । चल्लालाई नयाँ खोरमा राख्नुअगाडि खोरलाई राम्रोसँग सफा गरेर सोत्तर हाल्नुपर्छ । सोत्तर एकदम सुक्खा हुनुपर्छ । काठको धूलो, धानको भुस, गहुँको भुस्सा धेरै प्रचलनमा छ । कुखुरा पालनमा प्रयोग हुने सबै औजारलाई स्वस्थ रक्षात्मक औषधिले राम्रोसँग धोएर पखाल्नुपर्छ, जसले गर्दा हानिकारक जीवाणुहरू कुखुराको खोरमा सङ्क्रमण हुन पाउँदैन । सोत्तर धेरै चिसो भयो भने त्यसलाई पल्टाएर, आर्द्रता मिलाएर राख्नुपर्
चल्लालाई न्यानो राख्न बिजुलीको बल्ब, होवर, हिटर र ब्याट्री बु्रडरको प्रयोग गर्न सकिन्छ ।

१। एकदिने चल्ला किनेर ल्याउनुअघि नै ब्रुडिङ घरमा सम्पूर्ण चिजबिजको व्यवस्था मिलाउनुपर्छ । पुरानो खोरमा कुखुरा पाल्ने हो भने चल्ला ल्याउनु १ देखि २ हप्ताअगाडि नै खोर र अन्य भाँडाकुँडाहरू राम्रोसँग सफा गरेर सुक्खा र कीटाणुमुक्त गर्नुपर्छ ।

२। डिङका लागि आवश्यक सामग्री, जस्तैः सोत्तर, चिकगार्ड, तापक्रम दिन प्रयोग गरिने उपकरण चल्ला ल्याउनुभन्दा २र३ दिन पहिला नै उपयुक्त स्थानमा राख्नुपर्छ ।

३। शुरूमा चल्लाले सोत्तर खान सक्ने हुनाले दाना खाने बानी नपरून्जेल भुस खानबाट रोक्न सोत्तरमाथि पुराना पत्रिकाहरू वा कुट बिछ्याउनुपर्छ ।

४। सबै कुरा तयारी गरेपछि चल्ला ल्याउनु केही घण्टाअघि ब्रुडरमा आवश्यकताअनुसार तापक्रम दिन शुरू गर्नुपर्छ । ब्रुडरको तापक्रम नाप्न ब्रुडरको एक कुनामा थर्मो्मिटरको बल्ब सोत्तरबाट दुई इञ्चमाथि पर्ने गरी थर्मोमिटर झुन्ड्याउनुपर्छ । बु्रडरभित्रको तापक्रम ३२ देखि ३८ डिग्री सेण्टिग्रेड राख्नुपर्छ ।

५। चल्ला आइपुग्नु केहीअगाडि पानीका भाँडा ठीक ठाउँमा राख्नुपर्छ । चल्ला ल्याएको पहिलो दिन थाकेका र कमजोर हुने भएकाले पानीमा ग्लुकोज मिसाएर दिनु राम्रो हुन्छ । एक लिटर पानीमा ८० ग्राम ग्लुकोज पाउडर मिसाएर दिनु उपयुक्त हुन्छ ।

६। चल्ला हुर्काउने स्थानमा चल्लाहरू होवरबाट टाढा नजाऊन् भनेर छेक्न करीब १ दशमलव ५ फिट उचाइको प्लाइउड वा कर्कटपातको बाटुलो घेरा लगाउनुपर्छ, जसलाई चिकगार्ड भनिन्छ । शुरूमा यो चिकगार्ड होवरबाट करीब ३० इञ्चको दूरीमा हुनुपर्छ । चल्लाको खोर बढ्दै जाँदा यसको परिधि बढाउँदै लैजानुपर्छ ।

१। पहिलो केही दिनका लागि दिनभर उज्यालो व्यवस्थापन मिलाउनुपर्छ, ताकि चल्लाहरूले दाना, पानी र तातोपन कहाँ छ, पत्ता लगाउन सजिलो पर्छ ।

२। पहिलो हप्तामा सबैभन्दा सुविधाजनक तापक्रम ३२ दशमलव ५ डिग्रीदेखि ३५ डिग्री सेल्सिएस हो । ब्रुडरको तापक्रम प्रत्येक हप्ता २ दशमलव ५ डिग्री सेल्सियसले घटाउँदै गएर २१ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्छ । यसका लागि होवरको उचाइ बढाउँदै लैजानुपर्छ । खोरको जाली वा झ्यालहरू दिउँसोको समयमा क्रमशः खुल्ला गर्दै जान सकिन्छ ।

३। प्रत्येक २ देखि ३ घण्टामा ब्रुडर घर नियालेर हेर्नुपर्छ ताकि केही कमजोरी भए तुरुन्तै सच्याउनुपर्छ । मरेका चल्लाहरू तुरुन्त बाहिर निकाल्नुपर्छ । दानापानी भाँडोहरूमा छ कि छैन, तापक्रम र भेण्टिलेशनको अवस्था कस्तो छ सबै कुरा विचार गर्नुपर्छ ।

४। प्रत्येक दिन पानीका भाँडाहरूलाई ब्रसले सफा गरेर ताजा र सफा पानी राखिदिनुपर्छ । जब चल्लाहरूले पानी पिउन सिक्छन्, त्यसपछि पानीका भाँडोलाई तारको प्लेटफर्ममा राख्नुपर्छ वा इँटामाथि राख्नुपर्छ जसले गर्दा पानी पोखिएर सोत्तर भिज्न तथा कुखुराले पानीमा सोत्तर मिसाउन र फोहोर गर्न नपाओस् ।
५। चल्लालाई खोरमा राखिसकेपछि पानी र खानाको व्यवस्थापन गर्नुपर्छ । कुखुराको मुख्य लागत भनेकै आहारा हो । समयमा उचित दाना दिइएन भने त्यसको असर चल्लामा देखापर्छ र शारीरिक वृद्धि कम भएर उत्पादनमा असर पर्छ । सम्पूर्ण पौष्टिक तव भएको आहारा खुवाइयो भने राम्रो उत्पादन दिन्छ । कुखुराको चल्लालाई पहिलो दिन १० देखि २० ग्रामको आहाराको आवश्यकता पर्छ । त्यसपछि चल्लाले गरेको आहारा उपयोगअनुसार दानाको मात्रा बढाउदै लैजानुपर्छ । शुरूको ३ देखि ४ दिन दाना नाङ्लो वा फराकिलो कुट वा पेपरमा दिनुपर्छ । जब चल्लाहरूले खान सिक्छन् तब मात्र दाना कम गहिराइ भएको भाँडामा दिनुपर्छ ।

६। ब्रुडरमा राखिएको चल्लाको बार ९चिक गार्ड०लाई प्रत्येक २र३ दिनमा अलिअलि गरेर बढाउँदै जानुपर्छ ।

७। डर घरभित्र पर्याप्त मात्रामा हावा आवतजावत गर्न सक्ने हुनुपर्छ ।

८। चार हप्तासम्म कुखुरालाई २४ घण्टा प्रकाशको आवश्यकता पर्छ । अतस् रातको समयमा नियमित बत्तीको व्यवस्था गर्नुपर्छ ।

९। प्रत्येक दिन बिहान बेलुका चल्लाको स्वास्थ्य के कस्तो छ राम्रोसँग हेर्नुपर्छ । साथै प्रत्येक पटक दाना दिँदा राम्रोसँग दाना खाए नखाएको विचार गर्नुपर्छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०