काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले महानगरबासीहरुर्ला अर्गानिक तरकारी, फलफूल ख्वाउनका लागि विषादी परिक्षण प्रयोगशाला स्थापना गर्ने भएको छन् । आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको बजेटमा महानगरले प्रयोगशालाका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
काठमाडौं शहर, सवैको शहर गाउँको उत्पादनलाई शहरसँग जोडका लागि मेयर बालेनले महानगरवासीलाई अर्गानिक तरकारी, फलफुल तथा माछामासु र अन्य खाद्यवस्तुको सहज उपलब्धताका लागि अन्य स्थानीय तहसँग सम्झौता गरी कृषिउपजको विक्री वितरण तथा भण्डारण गर्ने संस्थागत प्रबन्ध तथा “एग्रोपुलिङ” कार्यक्रमको लागि रु. १ करोड रकम विनियोजन समेत गरेका छन् ।
यसले काठमाडौंका उपभोक्ताहरुले विचौलियाका कारण चर्को मूल्य तिर्नु पर्ने अवस्थाको अन्त्य गर्ने संकेत देखिएको छ । तर यो कार्यक्रमको कार्यान्वय कत्तिको सफल हुन्छ त्यसमा निर्भर रहने छ ।
Add Comment