बिहिबार, बैशाख १३, २०८१

कृषि अनुदानमा करोडौं हिनामिना भएको छ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले कृषि अनुदानमा करोडौं हिनामिना भएको बताएका छन् । उनले अनुदानमा मुछिएको पाइएको खण्डमा मन्त्री र सांसदहरुलाई समेत कारबाही गर्नुपर्ने बताए ।

बिहीबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै सांसद सिंहले उनले सबै प्रकारका कृषि अनुदान संसदमा पेश गर्न माग गरे । उनले भने, ‘कृषि अनुदान चाहे सरकारको होस् चाहे विदेशी दातृ निकायको होस् सम्पूर्ण अनुदान यो हाउसमा पेश होस्’।

कृषि अनुदान पहुँचका आधारमा वितरण हुने गरेका कारण हिनामिना भएको उनको आरोप छ । ‘त्यो अनुदान (कृषि अनुदान) दुरुपयोग भइराखेको छ । प्रदेश सरकारका मन्त्री, नातागोता र हामी माननीयहरुबाट पनि त्यो अनुदान आफ्नो फर्मबाट करोडौं हिनामिना भएको छ । त्यसको उचित जाँच होस्’ उनले भने ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ २५, २०८०