मङ्लबार, बैशाख ११, २०८१

कृषिका कार्यक्रम खर्च बढी, कार्यान्वयन शुन्य

काठमाण्डाै ।  कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले कृषि क्षेत्रका आयाेजना तथा कार्यक्रम निर्माणमा खर्च बढी हुने गरेकाे भए पनि कार्यान्वयन भाे शून्य जस्तै भएकाे धारणा राखेका छन् ।

पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयाेजना सम्वन्धी राष्ट्रिय कार्यशालामा भुसालले साे कुरा बताएका हुन् ।

कृषिमा कार्यक्षमता नभएकाे आराेप लागिरहेकाे स्मरण गर्दै मन्त्री भुसालले मुलुककाे आर्थिक समृद्धिका लागि कृषि क्षेत्रबाट नै अघि बढ्नु पर्ने आफ्नाे साेच अनुरूप नीति तथा कार्यक्रम र बजेट आएकाे मन्त्री भुसाले बताए ।

बिदेशी ऋण तथा अनुदानमा सञ्चालित आयाेजनाहरूमा बढी तलव भत्ता खाने परामर्श दाता भएकाले त्याे प्रथा हटाउन मन्त्री भुसालले आग्रह गरे । साथै किसानहरूलाई उत्पादन साथमा नगद हातमा हुने गरि परियाेजना सञ्चालन गर्ने भुसालले निर्देशन दिएका थिए ।

प्रकाशित मिति: बुधबार, जेष्ठ १७, २०८०