शनिबार, बैशाख ८, २०८१

किसान मार्ने खेलमा राज्य नलागोस् : सांसद डाँगी

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले किसानलाई निरुत्साहित गर्न लागिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले भनिन्  ध्यानाकर्षण होस् सभामुख महोदय, किसान मार्ने खेलमा राज्य नलागोस् । नेपालका गाउँका किसानले पालेका गाईभैँसीबाट उत्पादित दूध खेर गइरहेको अवस्थामा सहरमा उपभोक्ताका लागि भने भारतबाट दूध आयात गर्न लागिएको भन्दै सांसद डाँगीले बताइन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद डाँगीले किसानले उत्पादन गरेको दूधलाई काठमाडौंलगायत सहरी क्षेत्रका उपभोक्ताकहाँ पुर्‍याउने व्यवस्था गर्न माग गरेकी हुन् । दूध आयात गर्दा किसानहरू निरुत्साहित हुने उनको भनाइ थियो ।

स्वदेशी किसानहरूलाई निरुत्साहित गर्ने काम भइरहेको सांसद डाँगीको भनाइ थियो । उनले राज्यले नै किसानलाई निरुत्साहित गर्ने कामलाई प्रोत्साहन गरिरहेको बताउँदै सरकारलाई भनिन्, किसानलाई निरूत्साहित गर्ने यस्ता श्रृंखलाबद्ध खेलहरू बन्द हुनपर्छ । किसानका गोठभरि गाईभैँसी छन्, दूध खेर गइरहेको छ तर सहरमा दूध अभाव भयो भनेर भारतबाट आयात गर्न खोजिएको छ ।

प्रकाशित मिति: सोमवार, जेष्ठ ८, २०८०