मङ्लबार, बैशाख ४, २०८१

सामुदायिक कुकुरलाई निःशुल्क बन्ध्याकरण तथा रेबिज खोप

काठमाडौँ । मध्यपुर ठिमिमा रहेको सिद्धि गणेश एग्रो भेटरले आफ्नो नगरपालिकामा रहेका कुकुरहरूलाई निःशुल्क बन्ध्याकरण तथा रेबिज खोप लगाएको छ । ठिमि नगरपालिकाको वित्तीय सहयोग तथा एनिमल वेयलफेर सोसाइटिको प्राविधिक सहयोगमा सिद्धि गणेश एग्रो भेटरले वडा।नं। १,२,३,८ र ९ का सामुदायिक कुकुरहरूलाई निःशुल्क बन्ध्याकरण तथा रेबिज खोप लगाएको हो ।

मध्यपुर ठिमि वडा.नं. ६ का अध्यक्ष राजेश करण जितले यही जेठ १ गते देखी ४ गते सम्म मध्यपुर यूथ एसोसिएसन भवन, ब्यारेक, मध्यपुर ठिमि नगरपालिकाका कुकुरहरूलाई निःशुल्क बन्ध्याकरण तथा रेबिज खोप लगाएको बताए । अध्यक्ष करण जितले भने, विगत चार, पाँच वर्षदेखि नै सामुदायिक छाडा छोडिएको कुकुरहरूको लागी काम गदै आएका छौँ, विशेष गरी छाडा छोडिएको कुकुरहरूलाई उपचार गर्ने र रेबिज भ्याक्सिन दिने बन्ध्याकरण गरिँदै आएका हौँ, हामीले कोभिडको समयमा पनि कुकुरहरूलाई खाना खुवाएको थियौँ ।

उनका अनुसार मध्यपुर नगरपालिकाको वित्तीय सहयोग तथा मध्यपुर एनिमल वेयलफेर सोसाइटिको प्राविधिक सहयोगमा विभिन्न वडाका करिब तिन सय सामुदायिक कुकुरहरूलाई बन्ध्याकरण र रेबिज भ्याक्सिन लगाइएको छ । भ्याक्सिन लगाउने काम अझै जारी रहेकोले भोलि सम्म अन्य कुकुरहरूलाई पनि लगाउने छौँ । सकेसम्म पुरै बस्तीको कुकुरलाई समातेर उपचार, बन्ध्याकरण, र रेबिज भ्याक्सिन लगाउँछौँ, र दुई, तीन घण्टा आराम गराइ फेरी जहाँबाट ल्याएको त्यही ठाउँमा छोड्दिन्छौँ,  उनले भने ।  वडा नम्बर १ मा ११० वटा, दुई नम्बर वडामा ९० वटा र तिन नम्बर वडामा १३० वटा कुकुरहरूलाई बन्ध्याकरण र रेबिज भ्याक्सिन लगाउने लक्ष्य रहेको  अध्यक्ष राजेशको भनाइ छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ४, २०८०