बुधबार, बैशाख १२, २०८१

बाबा साहेव डा भीमराव अम्वेडकर पत्रकारिता पुरस्कारबाट सम्पादक भण्डारी सम्मानित

काठमाडौं । स्वतन्त्र भारतका प्रथम कानून एवं न्या मन्त्री, भारतीय संविधानका जनक एवं भारत गणराज्यका निर्माता अर्थशास्त्री समाजसुधारक बाबा साहेव डा भीमराव अम्वेडकर पत्रकारिता सम्मान २०८० बाट कृषि अनलाईनका सम्पादक वैकुण्ठ भण्डारीलाई सम्मान गरिएको छ ।

बाबा साहेव डा भीमराव अम्वेडकरको १३२ औं । जन्मजयन्तीको अवसरमा नेपाल बौद्ध अम्वेडकर महासभाद्धारा आयोजित विशेष कार्यक्रममा भण्डारीलाई राजकीय बुद्ध विहार लुम्विनीका प्रमुख भन्ते सागर धम्मले सो सम्मान गर्नु भएको हो । पच्चीस बर्षदेखि छापा, रेडियो तथा टेलिभिजन पत्रकारितामा क्रियाशील रही भ्रष्टाचार, वेथिति, अन्यायका विरुद्ध पत्रकारिता पेशामा अडिग रही क्रियाशील रहेकोले कदर स्वरुप महासभाले सो सम्मान गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, बैशाख १, २०८०