बिहिबार, चैत्र १५, २०८०

दल सत्तामा, किसानका नेता सडकमा कहाँ के मिलेन ?

काठमाडौं । यतिखेर सत्ताको नेतृत्व गरिरहेको छ नेकपा माओवादी केन्द्रले । प्रधानमन्त्रीका रुपमा देश हाँकिरहेका छन्, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले । तर अवस्था विचित्रको छ । उनी निकट किसान संगठन भने सडक आन्दोनलमा नारा जुलुश लगाईरहेको छ ।

सत्तामा रहेको माओवादी निकट किसान संगठनसँग ६ वटा कम्युनिष्ट दल निकट किसानका संघ संस्थाहरुल्े माईतीघर रंगाएका छन् । तर किसानहरुले चर्को मूल्य व्याज लिनु परेकाले किसान मारमा परेको उनीहरुको भनाई छ । \

यथार्थमा किसानहरुले वाध्यकारी अवस्थामा लघुवित्तसँग चर्को व्याजमा तथा मिटरव्याजमा समेत ऋण लिएर आफ्नो जिविकोपार्जनका लागि खेती किसानी गरिरहेका छन् ।

त्यही किसानहरुका लागि सरकारले सहुलियत दरमा ऋणको व्यवस्था गरेको छ । तर किसानहरुले पाउन सक्दैनन । सरकारले दिएको सहुलियत ऋण ठूला व्यापारी कृषिका नाममा लिएर गैरकृषिका प्रयोग गरिरहेका छन् । तर माइतीघर मण्डलामा जुलुश लगाउने किसानका नेताहरुले कुरा उठाउँदैनन् ।

कृषि अनुदान विचौलियाले खाएका छन् किसान नेताहरुले उठाउँदैन । तर अहिले वैदेशिक लगानी रोक्नु पर्दछ भन्दै किसानका नेताहरु सडका उत्रिएका छन् । जसरी विगतमा एमसीसीका विरुद्ध उत्रिए अनि मौन बसे यो आन्दोलन पनि किसानका लागि पटक्कै होइन । सरकारमा रहेको दल निकट संगठन सडकमा ओर्लने हो कि सत्तामा बसेका मन्त्री प्रधानमन्त्रीहरुलाई घर मै गएर दवाव दिने ? कहाँ मिलेन कुरा ?

 

प्रकाशित मिति: बुधबार, चैत्र ८, २०७९