बिहिबार, बैशाख १३, २०८१

किसानको गुनासो सुन्न आयोगमा निःशुल्क फोन

काठमाडौं । पछिल्लो समय आ किसानहरुको समस्या तथा गुनासो सुन्न भन्दै राष्ट्रिय किसान आयोगले पैसा नलाग्ने फोन टोल फ्रि नम्वर शुरु गरेको छ ।  देशभरी रहेका किसानहरुको समस्या सुन्ने, गुनासो संकलन गर्ने ती समस्या एवं गुनासोलाई सम्वोधन गर्नका लागि सम्वन्धित निकायलाई समेत जानकारी दिने उदेश्यले आयोगले पैसा नलाग्ने १६६००१०६१८१ नम्वरको टोल फ्रि नम्वर सञ्चालनमा ल्याएको हो ।

आफ्नो छैठौं स्थापना दिवसका अवसरमा कृषि मन्त्रीबाट औपचारिक रुपमा नै शुरु गरिएको सो फोन मार्फत किसानहरुले विहान १० बजेदेखि ४ बजेसम्म आफ्ना गुनासा एवं उजुरी गर्न सक्ने व्यवस्था राष्ट्रिय किसान आयोगले गरेको छ ।

किसान आयोगका प्रवक्ता जीवन्ती पौडेलले यस प्रकारको पैसा नलाग्ने फोनबाट किसानहरुले आफ्नो गुनासे र उजुरी गर्दा किसानका समस्या समाधान गर्न निकै नै मद्दत पुग्ने बताइन् ।

किसानहरुको वास्तविक समस्या के छ भन्ने कुरा लगत सहित राख्नका लागि पनि यसले महत्वपूर्ण भूमिका खेल्न सक्ने पौडेलको भनाई थियो ।

प्रकाशित मिति: आइतवार, फाल्गुन ७, २०७९