बिहिबार, चैत्र १५, २०८०

पशुपन्छी औषधी व्यवसायी संघको अध्यक्ष हुँदा हिरासत पुगेका निरौला पैठारी संघको अध्यक्षमा

काठमाडौं । पशुपन्छी औषधी आयातकर्ताहरुले नेपालमा प्रतिवन्धित पशु औषधीहरु आयात गरिरहँदा पनि सम्वन्धित निकाय औषधी व्यवस्था विभाग, पशु सेवा विभाग भने मौन छ । विदेशबाट पशुपन्छीका औषधी आयात गदैै विक्री वितरण गर्दै आईरहेका व्यवसायीहरुको धन्दा नै फिड सप्लिमेण्टका नाममा अनेक थरी पशुजन्य प्रतिवन्धित एण्टिवायोटिक आयात गरी विक्री वितरण गर्ने नै रहेको विगतको इतिहासले देखाएको छ ।

यिनै व्यवसायीहरु कहिले पशुपन्छी औषधी व्यवसायी संघका नाममा यस्ता कारोबारमा संलग्न हुने गर्दछन् त कहिले औषधी पैठारीकर्ता संघको रुपमा । नेपालमा विदेशबाट पशुपन्छी औषधी आयात गर्नेहरु मध्ये अधिकांश व्यवसायीहरुले सेटिङ्गमा आफ्नो धन्दा चलाउँदै आईरहेका छन् । पशुपन्छी औषधी व्यवसायी संघका नाममा पदमा बस्ने यस्ता गैरकानूनी कार्यमा संलग्न हुने गरेकै कारण विवादमा आएका रोहितका नामले चिनिने रेवती रमण निरौला यतिखेर नेपाल पशुपन्छी औषधी पैठारीकर्ता संघको अध्यक्षमा चुनिएका छन् ।

कुनै बेला पशुपन्छी औषधी व्यवसायी संघको अध्यक्ष हुँदा मुलुकमा महामारी फैलिएको भन्ने नक्कली कागजात तयार गरी नेपालमा प्रतिवन्धित पशुपन्छीका औषधी आयात गरी विवादमा मुछिएका निरौला केही दिन काठमाडौं प्रहरी परिसरको हिरासतमा समेत बस्नु परेको थियो । अहिले तिनै पशुपन्छी औषधी पैठारीकर्ता संघको अध्यक्षमा चुनिएर निरौलाले यस क्षेत्रलाई कति बदनाम गर्ने हुन् त्यो भने हेर्न वाँकी नै छ ।

आर्थिक प्रलोभनका कारण पशुपन्छी औषधी आयातकर्ताहरु र विक्री वितरण गर्दै आईरहेका व्यवसायीहरुप्रति औषधी व्यवस्था विभाग मौन रहँदै आएको छ । त्यस्तै पशुपन्छी औषधी गुणस्तरलाई नियन्त्रण गर्नु पर्ने पशु सेवा विभागका उच्च अधिकारीहरु पनि सेटिङ्गमा दङ्ग परिरहेको देख्न सकिन्छ ।

अझ कोभिड १९ पश्चात हेर्ने हो भने नेपालको पशुपन्छीका औषधी आयात र विक्री वितरणमा सिण्डिकेट नै हावी भएकोछ । केही व्यक्तिहरुको मुठ्ठीमा रहेको यो व्यवसायीहरुका कारण लाखौं किसानहरु अत्यधिक मूल्यमा पशुपन्छी औषधी खरिद गर्न वाध्य भएका छन् । भने नियमन गर्ने संस्थाका पदाधिकारीहरु आर्थिक चलखेलमा रमाउने गरेकै कारण मुलुकले प्रतिवन्धित गरेको पशुपन्छीका लागि एण्टिवायोटिक प्रयोग भईरहेको देखिन्छ ।

निरौला जस्ता विगतमा नै विवादित देखिएका व्यक्तिहरुले नेतृत्व गरेको यस्ता संघहरुको काम नै पशुपन्छी औषधी आयात तथा विक्री वितरण गर्ने कार्यमा राज्यमा रहेका उच्च कर्मचारीलाई प्रभावमा पार्ने र गैरकानूनी रुपमा औषधी आयात गर्ने नै रहेको पशुपन्छी औषधी आयात तथा व्यवसाय गर्ने व्यवसायीहरु नै बताउँछन् ।

 

 

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९