शुक्रबार, चैत्र १६, २०८०

कृषि ज्ञान केन्द्र, हुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख साह सहित छ जनालाई भ्रष्छाचार मुद्दा

काठमाडौं । कृषि ज्ञान केन्द्र हुम्लाका निमित्त कार्यालय प्रमुख राम सुरत पाल सहित ६ जना विरुद्ध अख्तियार दुरुपयोग आयोगले भ्रष्टाचार मुद्दा दायर भएको छ । साविकको जिल्ला कृषि बिकास कार्यालय, हुम्लाबाट दिइएको अनुदान सृजनशील कृषि सहकारी संस्थाले हिनामिना गरेको भन्ने उजुरी का आधरमा छानविन हुँदा भ्रष्टाचार गरेको खुलेको हो ।

सहकारी नमूना गाउँ स्थापना तथा सन्चालन कार्यक्रम अन्तर्गतको उमान्दे खोलादेखि बल्देकाध सिंचाई कुलो निर्माण र सहकारी नमूना गाउँको जग्गा घेरवार कार्यमा भएको बास्तविक कार्य भन्दा बढी काम भएको भनी झुट्टा बिल, भरपाई, नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन बनाई ११ लाख २६ हजार ५ सय २६ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको छ ।

आफूलाई गैरकानूनी लाभ पुर्‍याएको र प्रदेश सरकारलाई गैरकानूनी हानी पुर्‍याएको पुष्टि भएको देखिएकोले भ्रष्टाचार गरेको आरोपमा सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता श्याम भण्डारीले जनाएका छन् ।

प्रकाशित मिति: सोमवार, माघ २३, २०७९