काठमाडौं । नेपाली कांग्रेस नेता एवं सांसद गगन कुमार थापाले वर्डफ्लु पीडित किसानहरुले पाउनु पर्ने ५८ करोड रुपैयाँ सरकारले नदिएकाले तत्काल उपलब्ध गराउन माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्ने क्रमा सांसद थापाले सो माग गरेका हुन् ।
सांसद थापाले सरकारकै निर्णयबाट कुखुरा फार्म पालिका कुखुरा नष्ट गराउन लगाएर दिन्छु भने क्षतिपूर्ति नदिँदा किसानहरुले अप्रिय घटना घटाउन सक्ने भन्दै त्यतो अवस्था आउन नदिन सरकारलाई घचघच्याउन माग पनि गरे ।
सांसद थापाले किसानहरु सरकारले दिन्छु भनेर नदिएको क्षतिपूर्ति लिन सिंहदबार र कृषि विकास मन्त्रालय पुगेर रुने कराउने गरेको भएपनि सरकारले सुन्दै नसुनेको आरोप समेत लगाएका छन् । थापाले क्षतिपूर्ति पाउनु पर्ने किसानहरुले नपाएकै कारण वैंकहरुले दिएको तनावका कारण अहिले निकै तनावमा रहेको र त्यसले अप्रिय घटना घट्न सक्ने तर्फ समेत संकेत गरेका छन् ।
कुनै पनि किसानको अप्रिय घटना घटिसकेपछि आँशु बगाएर छानविन समित गठन गर्नु भन्दा अहिले नै त्यस्तो समस्याका समाधान गर्न संसद मार्फत सरकार समक्ष माग पनि गरेका छन् ।
Add Comment