शनिबार, बैशाख ८, २०८१

एउटा आशा लाग्दा कृषि उद्यमीको पीडादायी मरण, दुरुत्साहन मुद्दा कसलाई लाग्ला?

काठमाडौं । कृषि क्षेत्रका एक आशा लाग्दा कृषि उद्यमी प्रेम आचार्यले आत्मदाह गरेर आफ्नो इहलीला समाप्त गरेका छन् । मंगलबार उनले संसद भवन अगाडि आत्मदाह प्रयास गरेका थिए । उनले गर्न खोजेको आत्मदाह प्रयासलाई प्रहरीले रोक्न सकेन । ९० प्रतिशत जलिसकेका प्रेमको किर्तिपुर स्थ्ति वर्न अस्पतालमा निधन भयो ।

विदेशबाट फर्किएर स्वदेशमा नै केही गर्ने हुटहुटीमा विभिन्न काम गर्दै आएका आचार्यले नेपालको कृषि उपजलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनका लागि पहल नगरेका पनि होइनन् । तर विचौलियाले मूल्य नदिँदा उनी यो अवस्थामा आईपुगेका छन् ।

उनी कृषि उत्पादन गर्ने व्यवसायिक किसानले राज्यको कृषि अनुदान कहिल्यै पाएनन्, बरु उनकै छिमेकी जनप्रतिनिधिले सरकारी कृषि अनुदान खाएको उनले आत्मदाह गर्नु अघि सामाजिक सञ्जालमा पोष्ट गरेको आत्मदाह गर्नुको कारणमा उल्लेख गरेका छन् ।

भाटभटेनीका साहु मिनबहादुर गुरुङ्गदेखि पवन गोल्यानसम्मको नाम उल्लखे गरेका छन् । एउटा आशा लाग्दा कृषि उद्यमी पौडेलले आत्मदाह गर्नु पर्ने अवस्थासम्म पु¥याउनहरुलाई दुरुत्साहनको मुद्दा लाग्ला कि नलाग्ला ? त्यो भने हेर्न वाँकी नै छ ।

एउटा आशा लाग्दा कृषि उद्यमीले आत्मदाह गर्नु पर्ने अवस्थामा आईपुग्दा पनि कृषिसँग सरोकार राख्ने संघसंस्थाहरु अहिले सम्म मौन छन् । किन ?

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९