बुधबार, बैशाख १२, २०८१

माओवादीबाट एमाले भएकी ज्वालाकुमारी साहलाई फेरि कृषि मन्त्रीको मौका

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रीमा ज्वालाकुमारी साह नियुक्त भएकी छिन् । यस अघि दिनका लागि कृषि मन्त्री मन्त्री बन्ने सौभाग्य पाएकी ज्वाला साहको मन्त्री पद भने केही दिनका लागि हुने छैन । माओवादीबाट एमाले बनेकै कारण त्यसबेला मन्त्री पद पाएकी साहलाई अहिले पनि सोही कारण मन्त्री दिइएको छ ।

एमाले र माओवादीे समीकरण सर्वोच्च अदालतले उल्टाईदिएपछि साह माओेवादी छाडेर एमाले बनेकी थिइने । माओवादी छाडेर एमाले वनेकै कारण तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई कृषि मन्त्री बनाएका थिए । उनी मन्त्री बनेको केही दिन वित्न नपाउँदै पुन सर्वोच्च अदालतले एमाले अध्यक्ष ओलीको सरकार ढाल्दिएपछि साह माइती आए जस्तै गरी केही दिन मै कृषि मन्त्रीबाट विदा भएकी थिइन् ।

वर्तमान माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्व सरकारमा पुन ः कृषि मन्त्री बन्न सफल भएकी ज्वाला कुमारी साहबाट कृषि विकासका लागि नयाँ परिवर्तनका संकेत त देखिँदैन तथापी कृषिको विकासका लागि ज्वाला कुमारीले भएका नीति नियमलाई कार्यान्वयन गर्न सकुन्।

प्रकाशित मिति: मङ्लबार, माघ ३, २०७९