बिहिबार, बैशाख १३, २०८१

कृषि मन्त्रालयमा अनुदानकाे ५० प्रतिशत भ्रष्टाचार

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पाटीका सांसद ढाका कुमार श्रेष्ठलेले कृषिमा दिईने अनुदान रकमको ५०% रकम मन्त्रालयमा नै भ्रष्टाचार हुने गरेको आरोप लगाएका छन् ।

राष्ट्रिय किसान आयोगले आयोजना गरेको किसान अधिकार सम्वन्धि अन्तरक्रिया कार्यक्रममा सांसद श्रेष्ठले सो आरोप लगाएका हुन् । उनले कृषिको अनुदान वास्तविक किसानले पाउने भन्दा पनि कागजी रूपमा तयार गरेको प्रस्तावका आधारमा बिचौलियाले करोडौ रूपैयाँ अनुदान खाएको आरोप लगाए ।

कृषि ज्ञान केन्द्रदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासम्मका कार्यालय भ्रष्टाचारको थलो बन्दै गएकाले किसानलाई उत्पादनका आधारमा अनुदान बितरण गर्नु पर्ने सुझाव दिएका छन् ।

प्रकाशित मिति: बिहिबार, पुस २८, २०७९