बिहिबार, चैत्र १५, २०८०

किसानकाे अधिकार सुनिश्चित गर्न अन्तरक्रिया

काठमाडौँ । राष्ट्रिय किसान आयोगले किसानहरूको कल्याणकारी योजना तर्जुमाका लागि सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रमका आयोगका अध्यक्ष डा. प्रेम दंगालले किसान अधिकारका बिषयमा कार्यपत्र प्रस्तुत गर्दै किसानहरूको अधिकार सुनिश्चित गर्नका लागि सामाजिक सुरक्षा र निबृत्तिभरणको अधिकार एवं न्यायमाथि पहुँच पुर्‍याउनु पर्ने बताए । उनले कृषि अनुदान र सेवासुबिधा माथिको अधिकार, ज्ञान सीप र प्रबिधिको अधिकारको सुनिश्चित गर्न सबै सरोकारवाला निकाय एकवद्द हुनुपर्ने धारणाा राखे ।

नेपालमा किसान सबैभन्दा बढी पिल्सिनु परेको र अपमान भईरहेकाले किसानलाई सम्मान गर्नु पर्ने र कृषि सम्मानित पेशााका रूपमा ग्यारेन्टी गर्नु पर्ने बताए ।

प्रकाशित मिति: बिहिबार, पुस २८, २०७९