बुधबार, बैशाख १२, २०८१

अचार बेचेर आत्मनिर्भर भईन धनु राना

काठमाडौँ । तनहुँको भिमाद नगरपालिका–६ शीतलचौतारीकी धनु राना सीप सिकेर आत्मनिर्भरतातर्फ लागेका छन् । उनले अचार उद्योग सञ्चालन गरी सीपको सदुपयोग मात्र नगरी स्वरोजगार पनि बनेकी छन् ।

रानाले तत्कालीन घरेलु तथा साना उद्योग (पर्यटन तथा उद्योग) तनहुँबाट अचार बनाउने तालिम लिएपछि उद्यमशील र आत्मनिर्भर बन्ने लक्ष्यका साथ उद्योग सञ्चालन गरेको हो । विसं २०७२ देखि राना ‘धनु आचार उद्योग’ सञ्चालन गरी सीप र जागर भए थोरै लगानीमा स्वदेशमै मनग्य आम्दानी गर्न सकिने बताउछन् ।

अचार उद्योग सञ्चालन गरी राना उदाहरण बनेको छ । उनी अहिले अचार बेचेर नाम र दाम दुवै कमाउन सफल भएकी छिन् । उनीले वार्षिक करिब रु ५० लाखको अचार बिक्री गरी रु १० लाख नाफा कमाउछन् । मासिक रु चार लाखको हाराहारीमा आचार बिक्री हुने र  ८० हजारदेखि रु ९० हजार मासिक नाफा हुने गरेको उनी बताउछीन् ।

रानाले आफ्नै घरमा सञ्चालन गरेको उद्योगबाट विभिन्न ४२ भन्दाबढी परिकारका अचार उत्पादन गर्दै आउनुभएको छ । ती परिकारमध्ये १० प्रकारका अचार बिक्रीका लागि राखिएको उनले बताइन । उनले सुरुमा २ लाखको लगानी गरेर उद्योग सञ्चालन गरेको हो । उहाँले अचारबाट आएको मुनाफाबाट लगानी वृद्धि गरी २० लाख पु¥याउनुभएको छ ।

उद्योगमा आलु, आँप, अकबरे खुर्सानी, अमला, कागती, मेथी, गाँजर, कर्कलो, कोइरालो, काउरो, लप्सी, टमाटर, तामा, सिप्लीगान, पिँडालु, बङ्गुर, चिकेन, भुरा माछा, खसी, काँक्रो, करेला, टिमुर, लसुन, मग्राते, मिक्स, मुला, सुकुटी, रुखकटहर, निउरो, स्कुस, फर्सी, गुन्दु्रक, भट्टमासलगायतका विभिन्न स्वाद (फ्लेवर) का अचार उत्पादन गर्दै आएको रानाले जानकारी दिए ।

उद्योगमा उत्पादित अचारको माग स्थानीय बजारमा मात्र नभएर पोखरा, स्याङ्जा, लमजुङ, गोरखालगायतका बजारमा समेत माग बढ्दै गएको रानाले बताए । अचार बनाउन धेरै लगानी नचाहिने र बजारमा सजिलै बिक्री हुने गरेको राना बताउछन् । अचार बनाउनका लागि स्थानीय क्षेत्रमा उत्पादन हुने कच्चा पदार्थलाई नै प्रयोग गरिँदै आएको हुँदा यसबाट कृषि क्षेत्रकै समग्र विकासमा सघाउ पुगिरहेको रानाको भनाइ छ । “हातले अचार उत्पादन थोरै हुने हुँदा नाफा पनि कम हुन्छ, अब नयाँ प्रविधि आइसकेको हुँदा मेसिनले अचार बनाउन थालेका छौँ”, उनले भनीन् ।

सरकारले मेसिन खरिदमा अनुदान दिने र सीप प्रदान गर्ने हो भने भारतीय बजारबाट आउने आचार विस्थापित गर्न सकिने रानाको बुझाइ छ । साविक घरेलु तथा साना उद्योगबाट ८० प्रतिशत अनुदानमा रु एक लाखको मेसिन प्राप्त गरेको उनले जानकारी दिए ।

उद्योगको प्रचारप्रसार बढेसँगै अत्यधिक माग आउने गरेकाले मागअनुसार उत्पादन बढाउन नसकेको उनले सुनाइन् । कहिलेकाहीँ कच्चापदार्थको अभावमा मागअनुसार अचार उत्पादन गर्न नसकेको उनले बताइन् । अहिले उहाँले सात महिलालाई रोजगारी दिएको छ ।

प्रकाशित मिति: आइतवार, पुस २४, २०७९