बिहिबार, बैशाख १३, २०८१

किसान अधिकारका विषयमा विज्ञसँग अन्तरक्रिया

काठमाडौं । राष्ट्रिय किसान आयोगले किसान अधिकार कर्तव्य र राज्यप्रतिको दायित्य विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा किसान आयोगका अध्यक्ष डा प्रेमप्रसाद दंगालले किसानका धेरै अधिकारहरु कानूनी, प्राविधिक र नागरिकका हिसाबले उल्लेख भएको तर ती अधिकारहरु कार्यान्वयनमा नआएको बताए ।

किसानका ती अधिकार कार्यान्वयन गर्न किसान संघ, संगठनहरुमा एकता हुनु पर्ने कुरा दंगालले जोड दिएका थिए ।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्व सहसचिव अच्युत प्रसाद ढकालले किसानको राज्यप्रतिको कर्तव्य एंव दायित्व सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । भने कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका शाखा अधिकृत ईश्वरी प्रसाद आचार्यले किसानको हकहित अधिकार र कर्तव्यू कार्यपत्र प्रस्तुत गरेका थिए ।

अन्र्तक्रिया कार्यक्रममा सरोकारवाला निकाय, किसान संघ संगठनका प्रतिनिधिहरु एवं मन्त्रालय र मातहतका कार्यलयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९