बिहिबार, बैशाख ६, २०८१

कृषि विकास रणनीति कार्यान्वयका विषयमा छलफल

काठमाडौं । राष्ट्रिय किसान आयोगका अध्यक्ष प्रेम दंगालले कृषिबाट रोजगारी श्रृजना, आयात प्रतिस्थापन, आत्मनिर्भरता, कृषि व्यवसाय प्रवद्र्धन तथा कृषि क्षेत्रको विकास गर्न प्राविधिक दरवन्दी पूरा गरिनु पर्ने भएकाले सुशासन प्रवद्र्धन गर्न किसानसँग सम्वन्धित संघसंगठनहरुलाई सक्रिय बनाउनु पर्ने बताएका छन् ।
राष्ट्रिय किसान आयोगद्धारा आयोजना गरिएको कृषि विकास रणनीति तथा कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रममा वोल्दै दंगालले सो कुरा बताएका हुन् ।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा राजेन्द्रप्रसाद मिश्रले कृषि विकास रणनीति कार्यान्वयन समिक्षा सम्वन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सरोकारवाला सरकारी निकायका प्रतिनिधि एवं विभिन्न राजनीतिक दलसँग सम्वन्धित संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बिहिबार, पुस १४, २०७९