शुक्रबार, चैत्र १६, २०८०

को बन्ला कृषि मन्त्री ?

काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा गठगन्धन गरेर निर्वाचित भएका राजनीतिक दलहरु अहिले एकाएक तोडिएका छन् । नेपाली कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र लगायतका दलहरुको गठवन्धन अहिले सरकार वन्ने समयमा आएर तोडिएका हो ।

गठवन्धन तोडिएसँगै निर्वाचनको बेला निकै तै दुश्मन जस्तै देखिएको एमालेसँग माओवादीले हात पसारेको मात्र होइन मुलुकको प्रधानमन्त्री नै पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भईसकेका छन् ।

दाहालको नेतृत्वमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मूक्ति पार्टी लगायतका स्वतन्त्र निर्वाचित भएका सांसदहरुले समेत समर्थन जनाएका छन् । तर मन्त्रालयको भागबण्डामा कुन दलले कृषि विकास मन्त्रालय हात पार्ने हो अझै टुङ्गो भने लागिसकेको छैन ।

यद्यपी जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले संघमा आफूले कृषि तथा पशुपन्छी विकास मन्त्रालय जिम्मेवारी लिने बताउँदै आईरहेका थिए । यतिखेर दाहालको नेतृत्वको सरकारमा सामेल हुने भएपनि सायद जनमत पार्टीले नै इच्छा अनुसार मन्त्रालय पाउने संकेत देखिएको छ । तर जनमत पार्टीले कसलाई मन्त्री बनाउने भन्ने टुङ्गो लगाएको छैन ।

प्रकाशित मिति: आइतवार, पुस १०, २०७९