बिहिबार, बैशाख १३, २०८१

बाख्रा बाँढ्दै हिड्ने अमेरिकन संस्था हेफरले साँढे बाँढ्ने

काठमाडौं । गरिवी न्यूनिकरणका लागि पशुपालन व्यवसायलाई प्रवद्र्धन गर्ने गरी ग्रामिण भेगमा बाख्रा बाँढ्दै आईरहेको हेफर इन्टरनेशनलले नेपाल सरकारलाई गाई र गोरु उपलब्ध गराउने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको पशु सेवा विभागलाई हेफरले साँढे उपलब्ध गराउन लागेको हो ।

कोरियाबाट ल्याइएका १२१ वटा गाई हेफरले पशु सेवा विभागलाई उपलब्ध गराउन लागेको हो । हुन त यस अघि पनि कोभिडका समय अमेरिकन साँढे अमेरिकाबाट ल्याइएको थियो । हेफरले गाई वितरण गर्नुलाई सहायताको दृष्टिकोणले एक थरीले हेर्ने गरेका छन् भने अर्को थरीले पशुपालन व्यवसायमा हेफरले किसानहरुका नाममा अवौंको रकम दुरुपयोग गर्ने गरेको पनि आरोप लाग्दै आईरहेको छ ।

हेफरले पाठापाठी वितरण गर्दै ग्रामिण भेगका महिलाहरुको जिवीकोपार्जनमा सहयोग पुगेको देखिन्छ । तर सो अनुरुप विदेशी कन्सल्टेन्टको खर्च नै नेपालमा गरिएको खर्च भन्दा बढी हुने गरेको आरोप लागेको छ ।

बाख्रा वितरण गर्दै आईरहेको हेफरले किन साँढे वितरण गर्न थाल्यो भन्ने कौतुहलता पनि शुरु भएको छ । हेफरको नेपालमा स्थापना र त्यसको उदेश्य अनुरुप भयो कि भएन भन्ने प्रश्न पनि उब्जन थालेको छ ।

प्रकाशित मिति: मङ्लबार, पुस ५, २०७९