बिहिबार, बैशाख १३, २०८१

विश्व माटो दिवसमा किसान आयोग चितवनको खैरहनीमा

काठमाडौं । नवौं माटो दिवसको सन्दर्भमा राष्ट्रिय किसान आयोगले चितवनको खैरहनी नगरपालिकामा माटो शिविर तथा अन्र्तक्रिया कार्यक्रम सम्पन गरेको छ । कार्यक्रमा आयोगका सदस्य जीवन्ती पौडेलले माटोको गुणस्तर सुधारको लागि कृषक एवं विभिन्न संध संस्थाहरुको भुमिका महत्वपूर्ण भएको बताईन् ।

कार्यक्रममा माटो विज्ञ दुर्गाप्रसाद दवाडीले नेपालमा माटोको अवस्था र माटोको गुणस्तर सुधान गर्न अपनाउनु पर्ने विधिबारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा खैरहनी नगरपालिकाका उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, कृषि विकास शाखाका प्रमुख एवं प्राविधिक कर्मचारी, कृषि ज्ञानकेन्द्रका प्रमुख, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यन्वयन इकाइ चितवनका अधिकृत लगायत खैरहनी नगरपालिकाका विभिन्न वडाहरुबाट कृषक समूह , सहकारी तथा नीजि फर्मका कृषक एवं प्रतिनिधिहरुले माटो परीक्षणको लागि माटोको नमूना सहित सहभागिता जनाएका थिए ।

प्रकाशित मिति: आइतवार, पुस ३, २०७९