शुक्रबार, बैशाख ७, २०८१

देउवा भन्छन् कृषि अर्थतन्त्रको विकासमा ज्यापु समुदायको भूमिका महत्वपूर्ण

काठमाडौँ । कृषि अथएतन्त्रको विकासमा ज्यापु समुदायको महत्वपूर्ण भूमिका रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । उन्नाइसौं राष्ट्रिय ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताए हुन् ।

काठमाडौं उपत्यकाको अर्थतन्त्र आजको अवस्थामा आईपुग्नका लागि उपत्यकाका ज्यापु समुदायले निकैं संघर्ष गर्नु परेको बताउँदै देउवाले अझै पनि ज्यापु समुदाय कृषि उत्पादनमा सक्रिय रहँदै आएको बताए ।

ज्यापु समुदायले आफ्नो संस्कृति र सभ्यता संरक्षण गर्नका लागि कृषिलाई जोड्ने गरेको चर्चा गर्दै उनले आजको अवस्था त्यसै आएको होइन ज्यापु समुदाय कै कारणले अर्थतन्त्र बलियो भएको समेत बताए ।

प्रकाशित मिति: बिहिबार, मंसिर २२, २०७९