शनिबार, बैशाख ८, २०८१

चाडपर्व नजिकिँदै गर्दा पुष्प व्यवसायीहरुको चलखेल

काठमाडौं । विभिन्न चाडपर्व शुरुवात हुन थालिसकेका छन् । चाडपर्वसँगै नेपालमा पुष्प व्यवसायको पनि क्रमश सुधार हुने प्रचलन छ । दर्शै तिहारमा बढी विक्री हुने भएकाले पुष्प व्यवसायीहरुले आफ्नो उत्पादन भन्दा पनि आयात गरी विचौलियाको काम गर्ने गरेको देखिन्छ ।

अझ कोभिड १९ पछाडिको अवस्थालाई हेर्ने हो भने त झन भयावह नै देखिन्छ । कृषि तथा पशुन्छी विकास मन्त्रालयले पुष्प व्यवसाय प्रवद्र्धन गर्नका लागि पुष्प नीति ल्याएको भएपनि नीतिलाई कार्यान्वयन गर्ने विषयमा पनि निकै चलखेल हुने गर्दछ ।

एकातरि पुष्प क्षेत्रमा आत्मनिर्भर हुनु पर्छ भन्दै चर्को नारा लगाउने अर्कोतिर पुष्प व्यवसायीहरु छिमेकी देशबाट आयात गरि व्यवसाय बढाउने कार्य गर्नुले पनि समस्या बढ्दै गईरहेको देखिन्छ । नेपालको पछिल्लो अवस्था हर्ने हो भने पुष्प उत्पादन घट्दै गईरहेको देखिन्छ ।

नेपाल पुष्प व्यववसायी संघका पदाधिकारीहरु नै पुष्प खेती गर्नु भन्दा आयात गरेर विक्री गर्नेमा नै चलखेल गरिरहेका छन् । सरकारलाई पुष्प उत्पादनलाई जोड दिन नसकेको आरोप लगाउन अनि आफू भने भारत लगायतका देशबाट पुष्प आयात गरी विक्री गर्ने कार्यमा संलग्न भईरहने चलखेल बढेको देखिन्छ ।

विगतमा कृषि तथा पशुपन्छी मन्त्रालयबाट पुष्प उत्पादनका लागि करोडौं अनुदान हात पारेको भएपनि अनुदान दिन छाडेपछि व्यवसाय नै ओरालो लागि रहेको देखिन्छ । सकेसम्म अरुले उत्पादन गरिदिएको विक्री गरेर नै फाइदा खोज्ने व्यवसायीहरुको चलखेल चलिरहेको छ । यो चलखेल गर्दा सरकारलाई त ढाँट्न सक्लान् तर आफैले आफैलाई भने ढाँट्न सक्ने अवस्था भने छैन ।

प्रकाशित मिति: बिहिबार, अशोज ६, २०७९