शुक्रबार, चैत्र १६, २०८०

माटो विज्ञ पूर्व सहसचिव तेजबहादुर सुवेदीको निधन

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्व सहसचिव एवं माटो विज्ञ तेजबहादुर सुवेदीको निधन भएको छ । केही दिन अघि सवारी दूर्घटनामा पर्नु भएका सुवेदीको उपचारका क्रममा आज निधन भएको हो । नेपाल कृषि महासंघका महासचिव समेत रहेका सुवेदी माटो विज्ञका रुपमा परिचित थिए ।

सुवेदीले आफ्नो जागिरे जीवनभर कृषि सेवा तर्फ कुशल र शिष्ट सहसचिवको छवि बनाएका थिए । सुवेदीको निधनले नेपाली कृषिका एक ताराको अस्त भएको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सचिव गोविन्द शर्माले सामाजिक सञ्जाल मार्फत गहिरो दुख व्यक्त गरेका छन् ।

त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्व सचिव जयमुकुन्द खनालले पनि सुवेदीको असामयिक निधनप्रति दुख व्यक्त गर्दै सुवेदीको निधनले कृषि क्षेत्रको विकासमा अपूर्ण क्षति भएको बताएका छन् । त्यस्तै पूर्व कृषि सचिव योगेन्द्रकुमार कार्कीले सुवेदीले कृषि क्षेत्रमा पुर्‍याउनु भएको योगदान देशले सदैब सम्झिने छ भन्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति: आइतवार, भदौ १२, २०७९