बिहिबार, बैशाख १३, २०८१

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा छोरी मन्त्रीको आंतक

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा यतिखेर मन्त्रीकी छोरीको रजगज शुरु भएको छ । कृषि मन्त्री मृगेन्द्र कुमार सिंह यादवकी छोरी बबी सिंह यादवको निर्देशनमा अहिले कर्मचारीले दुख पाउन थालेका छन् । हुन त मन्त्री यादवले सचिवालयको प्रमुखका रुपमा नै छोरी डा बबी सिंह यादवलाई नै जिम्मेवारी दिएका छन् । ती वाहेक पनि कृषि मन्त्रालयको पहिलो तल्ला पुरै मन्त्रीका विभिन्न खाले विज्ञ सल्लाहकारले नै भरिभराउ हुने गरेको छ ।

यस अघिका कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवलाई रासायनिक मल ल्याउन नसकेका कारण पाटीभित्रै निकै चलखेल गरेर मन्त्री हुन सफल भएका मृगेन्द्र सिंह यादवले छोरीलाई सचिवालयको जिम्मेवारी दिएपछि अहिले कृषिमा वितगमा भन्दा भद्रगोल हुन थालेको छ ।

मन्त्रीको सचिवालयमा छोरी आतंकका कारण सचिवालयमा कार्यरत सहयोगी देखि मन्त्रालयका अधिंकांश कर्मचारी रुष्ट भएका छन् । कर्मचारीको सरुवादेखि परियोजनाका अनुदानको सेटिङ्गसम्म छोरी मन्त्रीको आतंक भएको गुनासो बढ्न थालेको छ ।

कृषि मन्त्री मृगेन्द्रले यतिखेर मन्त्रालयलाई किसानका समस्या सुन्ने वा कृषिको समस्या समाधान गर्ने थलोका रुपमा विकसित गर्नु पर्ने पुरै प्राइभेट कम्पनी झै चलाउन खोजेको उनकै पार्टीका कार्यकर्ताहरुले आरोप लगाउन थालेका छन् ।
पाटीले मन्त्रालयको खटाएको कर्मचारीहरुलाई पाखा लगाउँदै छोरी बबी सिंहले एकलौटी ढंगले मन्त्रालयमा निर्णय गराउन थालेका पनि उनीहरुको आरोप छ ।

प्रकाशित मिति: आइतवार, भदौ १२, २०७९