शुक्रबार, बैशाख ७, २०८१

कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि सेवाका दुई सहसचिवको सरुवा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ सहसचिवहरुको सरुवा गर्दा कृषि सेवा तर्फ दुई सहसचिवको सरुवा गरेको छ । कृषि सेवा तर्फ सरुवा हुनेहरुमा सहदेव हुमागाई र डा हरिबहादुर केसी रहेका छन् ।

सरुवा भएका सहसचिव सहदेव हुमागाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहत प्लाण्ट क्वारेण्टाईनका प्रमुखका रुपमा कार्यरत थिए । उनलाई गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सरुवा गरिएको छ ।

त्यस्तै अर्का सहसचिव डा हरिबहादुर केसीलाई भने गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट संघमा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहने गरी सरुवा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: सोमवार, भदौ ६, २०७९