शुक्रबार, चैत्र १६, २०८०

प्रदेश नं ३ कृषि मन्त्रालयमा स्वीकृत कार्यक्रम नआउँदै सेटिङ्ग

काठमाडौं । स्वीकृत बजेटको कार्यक्रम आईनपुग्दै अनुदान तथा अन्य कार्यक्रमका लागि सेटिङ्ग शुरु भईसकेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशमा यस्तै सेटिङ्गमा वितगदेखि नै कार्यक्रमहरु हुँदै आईरहेका छन् ।
संघीय संरचना शुरु भएदेखि नै बागमती प्रदेश कृषि मन्त्रालय कुनै न कुनै रुपमा विवादमा नआएको भने होइन । अहिले पनि राज्यको सम्पत्ति दोहन गर्नका लागि भएका यस्तै क्रियाकलापका कारण प्रदेश सरकारका माथि नै प्रश्न उठिरहेको छ ।

प्रदेश कृषि मन्त्रालयमा सचिवले आफू निकट र मन्त्री निकट व्यक्तिहरुलाई चालु आर्थिक वर्षमा भएका कार्यक्रमहरु के कसरी गर्न सकिन्छ भन्ने छलफलमा जुटिरहेका छन् । अनुदान दिन कार्ययक्रम देखि करोडौंका टेण्डरका कार्यक्रमलाई समेत अहिले नै मापदण्ड बनाउनका लागि नै आर्थिक चलखेल हुन थालिसकेको छ । यस अघि पनि त्यस्तै खेलका कारण मन्त्रालय विरुद्ध अख्तियारमा उजरी नै परेको थियो ।

संघीय संरचना अनुरुप पछिल्लो सयम बजेटको ठूलो रकम प्रदेश मन्त्रालयमा मार्फत खर्च गरिने भएका कारण र अनुदानदेखि अन्य खरिदका काम समेत प्रदेश मन्त्रालयले नै गर्ने भएपछि यस्ता सेटिङ्ग साउन भाद्रबाट नै शुरु गरेर रकम झ्वाम पार्ने गरिएको छ ।
मन्त्रालय मातहतमा रहेको कृषि निर्देशनालयले समेत मन्त्रालयको सिको सिकेर साउन भाद्रकै वीचमा कुन कुन कार्यक्रम कसलाई दिने र कुन मापदण्ड तयारी गर्ने भन्ने कुरा समेत गोप्य रुपमा भईरहेको देखिन्छ । गत आर्थिक वर्षको कार्यक्रम पनि त्यस्तै गरी सम्पन्न भएको थियो । प्रदेश मन्त्रालय निर्देशनालय कतिपय कार्यक्रम त सम्पन्न नै नभई भुक्तानी दिइएको पाईएको छ ।
असार २५ गते चेक तयार गर्नका लागि पनि काम नै सम्पन्न नभई भुक्तानीका लागि चेक तयार गरिएको देखिएको छ । साउन भदौंदेखि नै सेटिङ्गमा काम गर्दा पनि आर्थिक वर्षको अन्त्यसम्म काम सम्पन्न नहुनुलाई प्रदेश कृषि विकास मन्त्रालय, निर्देशनालयका उच्च अधिकारीहरुको महत्वपूर्ण सेटिङ्गले काम गरिरहेको कर्मचारी नै बताउँछन् ।
बागमती प्रदेश भूमि व्यवस्था, कृषि सहकारी मन्त्रालयका कर्मचारीहरुका अनुसार गत वर्षको काम सम्पन्न नभइकनै भुक्तानी गईसकेको भएपनि नयाँ स्वीकृत कार्यक्रममा समेत मिलेमतो हुन थालेको छ । यसरी कसरी काम सम्भव होला ।
अहिले मन्त्रालय र निर्देशालय दुवै कसरी हुन्छ सरकारी सम्पत्ति दोहन गर्ने भन्ने काममा लागिरहेको आरोप पनि उनीहरुले लगाएका छन् ।

प्रकाशित मिति: बिहिबार, साउन १९, २०७९